सरकारले पैसाको नोटकै आगो बालिदिन्छ


शितलहर तथा जाडोबाट प्रभावित जनतालाई सरकारले चिसोबाट बच्नको लागि कम्बल तथा कपडा बालेको र चोकचोकमा प्रशासनले दाउराका मूढा बालेर आगो ताप्ने सुविधा प्रदान गरेको कुरा त हामीले हाम्रै देशमा पनि सुनेदेखेको हो । तर यो दुनियामा यस्ता दानी सरकारहरु पनि छन् जहाँ जनतालाई चिसो मौसममा जाडोबाट बचाउन सरकारले पैसाको नोटकै आगो बालिदिन्छ । हो, हंगेरी भन्ने देशमा चिसोबाट छुटकारा दिलाउन सरकारले एक नयाँ तरिका अपनाएको छ । चिसोबाट प्रभावित जनतालाई आगो बालिदिन दाउरा होइन नोटको बन्दोबस्त गरेको छ त्यहाँको सरकारले । आखिर नोटको आगो बाल्नुभन्दा छ जनतालाई नोट नै दिए जाडो भगाउने चिजबिज किनिहाल्थे नी भन्ने प्रश्न स्वभाविक रुपमा तपाइँलाई उठ्नसक्छ । तपाइँको प्रश्न जायजै हो । आखिर सरकार पनि उतिसारो बुद्धु त कहाँ पो थियो र । उसले नयाँ र चल्तीका नोट नभै पूराना तथा काम नलाग्ने नोट मात्र जलाउने गरेको हो । त्यहाँको केन्दि्रय बैंकले हरेक वर्ष ४० देखि ५० टन पूराना नोट सडाउनु पर्छ । त्यसलाई कार्यालय परिसरमा सडाउनु भन्दा चिसो मौसममा सडकमा लगेर जलाएमा जनता मात्र लाभान्वित हुने नभै सो कुरालाई प्रचारप्रसार गर्न सकियो भने विभिन्न च्यारिटी संस्थाहरुमार्फत जाडो पीडित जनताको सहयोगका लागि रकम समेत जम्मा हुने आशामा सरकारले पूराना नोटलाई सडकमा लगेर जलाउने र जनतालाई आगो ताप्न दिने गरेको हो । आफ्नो नोट जलाउने अभियानले दाता संस्था तथा व्यक्तिलाई चिसो पीडितको सहयोगका लागि दान गर्न प्रेरित गर्ने सरकारको विश्वास छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.