रतीक्रियाको बारेमा बाइबलमा के उल्लेख छ ?


वैवाहिक जीवनमा आनन्द र त्यस दाम्पत्य जीवनलाई बलियो बनाउने रतीक्रियाको बारेमा बाइबलले भन्दछ, हेर्नुहोस्: हितोपदेश ५:१८,१९ र १ कोरन्थी ७:२-५? परमेश्‍वरले मानिसको आनन्दको लागि दिनुभएको धेरै बरदानहरूमा यौनक्रिडा पनि एक हुन्। बालबालिका जन्माउन, आनन्द मनाउन, नजिक हुन र पवित्र वैवाहिक गठवन्धनमा नर र नारीलाई एक सुत्रमा वाँधी राख्‍न परमेश्‍वरकै योजना मुताविक यौनक्रिडा दिनुभएको हो (उत्पत्ति १:२७, २८, १ कोरन्थी ७:२)। जब परमेश्‍वरको उद्देष्य बिपरित यौनलाई परिचालन गर्दछन् भने त्यो पाप हुन्छ। यसले प्रायजसो भयानक परिणाम ल्याउँदछन् (१ कोरन्थी ६:१८,१९)। यौन दुराचारले मानव परिवारमा कस्तो भयानक परिणाम ल्याउँछन् भन्ने कुरा केवल परमेश्‍वरलाई मात्र थाहा छ। सम्भोग गर्ने चाहना मानिसमा भएको अत्यन्त बलियो चाहना हो र यसले कतिपय समय यसको दुरव्यवहार गर्न सजिलो हुनसक्छ। जब मानिसको दिमागमा यौनको भावनाले नाच्न थाल्यो भने त्यसबाट निस्कन सजिलो हुँदैन किनभने उसको दिमागलाई त्यहि भावनाले नियन्त्रण गरेको हुन्छ। जब एक फेर अनियन्त्रित हुन्छ त यसलाई फेरि नियन्त्रणमा ल्याउने धेरै गार्‍हो हुन्छ। फेरि जत्ति यसले मानिसलाई नियन्त्रण गर्‍यो त्यत्ति बढि यसको चँगुलमा मानिस पर्न चाहन्छ किनभने यो बिना त्यो मानिस संतुष्ट हुँदैन। बेश्यावृती र परपुरुष तथा परस्त्रीगमनले मानिसलाई अशुद्ध यौनक्रिडामा धकेल्छन् र यो पनि अम्मल नै हुनसक्छ (हितोपदेश ५:३-१४, ९:१३-१८ पढ्नुहोस्।)। आजभोली व्यक्तिगत रूपमै संसर्ग नगरी अर्कै किसिमले पनि यौन कुलतमा मानिस लाग्न सक्छन्।जस्तै: अश्‍लिल पत्रिका, फिलिम र साईबर सेक्स अर्थात् कम्प्युटर इन्टरनेट हेरेर शारीरिक अभिलाषा तार्ने। इन्टरनेट अश्‍लिल चित्रले मानिसको जीवनमा तहस नहस पारिरहेकाछन्। अलिकती माउसलाई क्लिक गर्दा अश्‍वस्थ, अश्‍लिल र अशोभनिय यौनक्रिडा हाम्रा घर र काम गर्ने कार्यालयहरूमा आक्रमण गर्नसक्छन्। यो अम्मल जस्तै हुनसक्छ, नभै नहुने चाहना, बैवाहिक र पारिवारिक सम्वन्धलाई नाश पार्न यसले प्रमूख भूमिका खेल्न सक्दछ। यौन इच्छा पूरा गर्नेको नाउँमा परपुरुष र परस्त्रीगमन गर्नाले संसारमा कति हानी पुर्‍याइरहेको छ। त्यसको लेखाजोखा गर्न अमम्भव नै छ। यौन अशूद्धता सुरू गर्न सजिलो छ। जो मानिस यसको धरापमा परेको छ त्यसमा नपर्न नै बुद्धिमता हुन्छ। जब पवित्र बैवाहिक सम्वन्धभन्दा बाहिर कामबासनाको प्रलोभनको सामना गर्नुपर्‍यो भने हामीले पनि युशूफको निति अपनाउनु जरूरी छ भनेर सम्झनु पर्दछ। हेर्नुहोस्: उत्पत्ति ३९:७-१२। जो कोहि यस यौनको अम्मलका धरापमा लागेका मानिसहरू स्वतन्त्र हुन चाहन्छ भने उसलाई पूर्ण क्षमा दिन र त्यसबाट मुक्त गर्न परमेश्‍वर राजी हुनुहुन्छ। उहाँमा समर्पित हुनु नितान्त आवश्यक छ (याकूब ४:७)। तर यो अम्मल अत्यन्त जबर पनि हुनसक्छ, यसको लागि पेशागत मानिसहरूको सहयोगको आवश्यकता पनि हुनसक्छ। टेवा दिने समूहले परमेश्‍वरलाई देखाएर त्यस कुलताबाट राहत लिन खोज्नु अत्यन्त असल स्रोत हो। अनि जान्ने स्वास्थ तथा मनोवैज्ञानिककर्मीहरूको सहायताले त्यस समस्याको समाधान खोज्नु पनि उचितै हुन्छ। कसैले परमेश्‍वरबाट क्षमा र सुस्वास्थ्यको निम्ति चाहना गर्छ भने तपाईँले त्यसलाई कसरी सहायता गर्नसक्नुहुन्छ? मानौँ तपाईँ पनि यसैमा संघर्ष गरिरहनुभएको छ। तपाईँ बिचलन हुनुभएन वा आशारहित हुनुभएन भने तपाईँको अन्त्य भएको छैन भनेर कसरी आशालाई पल्हाउन दिने? येशूले क्षमा दिनुहुन्छ र निको पनि पार्नुहुन्छ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.