१० वर्ष सम्म भोजन हावा र प्रकाश मात्रै खाने मानिस

चर्चित च्यानल नेसनल जियोग्राफिकले एकजना यस्ता मानिस फेला पारेको छ जो तपाईं–हामीजस्तै दैनिक काम गर्छन्, घुम्छन् तर भोजन गर्दैनन् । उनको भोजन हावा र प्रकाश मात्रै हो । तपाईंलाई विश्वास नलाग्न सक्छ तर यो वास्तविकता हो । उनी श्रीलंकामा फेला परेका हुन् । यी श्रीलंकाली युवाको नाम किरबी डे लनेरोले हो । प्राप्त समाचारअनुसार पछिल्ला पाँच वर्षमा उनले हरेक वर्ष ६ या सात पटक मात्र भोजन गरेका छन् । किरबी भन्छन्, ‘मैले गएको १० वर्षमा सात पटक मात्र खाएको छु ।’ उनले यो अवधिमा खाएको भोजनले ५ सय क्यालोरी ऊर्जा पैदा गर्न सक्छ जबकि एकजना मानिस दिनमा तीन पटक, महिनामा ९० पटक र १० महिनामा ९ सय पटक भोजन गर्छ । ‘म धेरै खानै सक्दिनँ,’ किरबी भन्छन्, ‘म श्वास मात्र लिन्छु र सूर्यको प्रकाशबाटै चाहिने जति ऊर्जा लिन्छु ।’ वैज्ञानिकहरू किरबीमाथि शोध गरिरहेका छन् । तर किरबी भने यसलाई ईश्वरको वरदान भन्छन् ।  ‘अरू सामान्य मानिसले जस्तै मैले पनि दैनिक खाए मलाई बिरामी भएको महसुस हुन्छ । मलाई थाकेको अनुभव हुन्छ,’ उनी भन्छन्, ‘मानिसरह मलाई भेटेर उनीहरूलाई पनि त्यसरी बाँच्न सिकाउन आग्रह गर्छन् तर मसँग उनीहरूका लागि कुनै शब्द हुँदैन किनभने यो ईश्वरको देन हो ।’ नेसनल जियोग्राफिकको प्रतिवेदनअनुसार चिकित्सकहरूले किरबीको शरीरको अनुसन्धान गर्दा सबै सामान्य पाए । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.