माछाको तेलमा ह्दयघात कम गर्ने गुणहरू हुने

मानिसको उमेर ढल्किँदै जाँदा बुढयौलीका कारण शरीरमा चाउरी पर्नेलगायतका विभिन्न असरहरू देखिन थाल्छन् । यस्तो असरलाई कम गर्न माछाको तेल सक्षम हुने एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । बेलायतमा गरिएको सो अध्ययनअनुसार सामान्य व्यायाम गर्ने र माछाको तेल नियमित सेवन गर्नेहरूमा बढ्दो उमेरका कारण शरीरमा देखिने प्रभाव कम गर्न मद्दत पुग्छ ।

माछाको तेलमा हुने ओमेगा–३ फ्याटी एसिडले बढी उमेरका महिलाको मांसपेशी मजबुत हुन मद्दत गर्ने पाइएको छ । जैतुनको तेलमा पनि यस किसिमको विशेषता पाइन्छ तर माछाको तेलमा यो गुण बढी पाइएको छ । माछाको तेलमा ह्दयघात कम गर्ने गुणहरू हुने गरेको धेरै पहिले नै पुष्टि भइसकेको छ । अमेरिकी अध्ययनकर्ताहरूको भनाइमा शरीरमा भिटामिन ‘डी’को कमी भएमा ह्दयघात हुने खतरा बढी हुन्छ ।

विशेषज्ञहरूका अनुसार मानिसको शरीरको छालामा सूर्यको प्रकाश परेमा प्राकृतिक रूपमा शरीरमा भिटामिन ‘डी’ उत्पन्न हुन्छ । यसका अतिरिक्त माछामा पनि भिडामिन ‘डी’ प्रचूर मात्रामा पाइन्छ, जसको मद्दतले बुढयौलीका कारण हुने चाउरीपना कम गर्न र ह्दयघातको खतरालाई कम गर्न सहयोग पुग्छ । 

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.