मधुमेहको पहिचान, नियन्त्रण एवम् व्यवस्थापन- जया प्रधान

हिजोआज रगतमा ग्लुकोजको मात्रा बढी भएका अर्थात् मधुमेह रोग लागेका धेरै बिरामीहरु भेटिन्छन् । यस्ता बिरामीसँग कुरा बुझ्दै जाँदा धेरैजसोको जीवनशैली अस्वस्थकर रहेको पाइन्छ । यिनीहरुमध्ये धेरैजसो मोटोपना, शारीरिक निष्त्रिmयता, असन्तुलित खानपान, मानसिक तनावले ग्रस्त रहेको भेटिन्छ ।
आधुनिक सभ्यता, औद्योगीकरण, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण आजका मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । जीवनशैलीमा आएको यस्तो अस्वस्थकर परिवर्तनले गर्दा धेरै प्रकारका रोग उत्पन्न भएका छन्, जसमध्ये मधुमेह पनि एक हो ।दीर्घरोगको रूपमा परिचित मधुमेहको उचित व्यवस्था गर्न सकेमा यसको नियन्त्रण र यसबाट हुने अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । साधारणतया खानाबाट
, खाना र औषधिबाट तथा खाना र इन्सुलिनबाट यो रोग नियन्त्रण गर्न सकिन्छ । 
मधुमेहका लक्षणहरु
पियास धेरै लाग्ने
िपसाब बढी हुने
भोक बढ्ने
शिरीर दुब्लाउने, कमजोर हुने
अाखा धमिलो हुने
हातखुट्टा झमझमाउने
घाउ-खटिरा आइराख्ने
िपसाब फेरेको ठाउँमा कमिला लाग्ने
विशेषगरी मधुमेहको नियन्त्रणमा दैनिक खाने खानाले ठूलो प्रभाव पारेको हुन्छ । दैनिक भोजन सन्तुलित राख्न सकेमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्न सकिन्छ । हुन त मधुमेहको पहिचान भएपछि बिरामीले सर्वप्रथम के खान हुन्छ र के हुँदैन भन्ने कुरामा चासो राख्छन् । डाक्टरले उपलब्ध गराएको खानाको तालिकाबाट पनि खाद्यपदार्थको छनोट गरिन्छ । विशेषगरी मधुमेह देखा परेपछि खान नहुने खाद्यपदार्थको रूपमा चिनी, गुलियो खाद्यपदार्थ, कन्दमूल वर्गका खाद्यस्रोत, अन्नमा विशेषतः भात र फलफूल भोजनमा परहेज गर्छन् ।
यसै गरी डाक्टरबाट प्राप्त खाद्यपदार्थको लिस्टमा खान हुने, थोरै खान हुने र खान नहुने खाद्यपदार्थको आधारमा खान नहुने खाद्यपदार्थ पूरै खाँदै नखाने र खान हुने खाद्यपदार्थको समूहबाट प्रशस्त खाने गरिन्छ । नेपाली समाजमा मधुमेहको पहिचानपछि बिरामीले खानाको नियन्त्रण एवम् व्यवस्थापनको अर्थ खान नहुने भनेका खाद्यपदार्थ दैनिक भोजनमा पूर्णरूपमा परहेज गर्ने र खान हुने खाद्यपदार्थ भोजनमा प्रशस्त समावेश गर्ने भन्ने बुझेको हुन्छ । यसबाट एकातिर पौष्टिकयुक्त खाद्यपदार्थ भोजनमा परहेज गर्दा आवश्यक पौष्टिक तत्त्व प्राप्त गर्न नसक्ने स्थितिमा हुन्छ भने अर्कोतिर खान हुने खाद्यपदार्थको परिमाण मात्र बढाउनाले भोजन असन्तुलित हुन सक्छ । यसले गर्दा बिरामीले खानामा नियन्त्रण गर्दागर्दै पनि रगतमा चिनीको मात्रा बढ्ने अथवा औषधिको मात्रा बढाउनुपर्ने स्थिति आउन सक्छ । उचित परामर्शको अभाव, अज्ञानता, पोषणप्रतिको चेतनाको अभावका कारण यस प्रकारको स्थिति सृजना भएको पाइन्छ ।
हुन त रोग एउटै भए तापनि व्यक्ति विशेषअनुसार भोजनको व्यवस्था फरकफरक किसिमले गर्नुपर्ने हुन्छ । व्यक्तिको उमेर, शारीरिक अवस्था, तौल, लिड्ड, कामको प्रकारअनुसार बेग्लाबेग्लै तरिकाले भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबाहेक व्यक्तिलाई दैनिक आवश्यक पर्ने शक्ति जस्तैक्यालोरीको परिमाण, क्यालोरी प्राप्त गर्ने पौष्टिक तत्त्वहरूको परिमाण र ती पौष्टिक तत्त्वहरू प्राप्त गर्ने खाद्यस्रोतको उचित छनोट गर्नुपर्ने हुन्छ ।
यसै गरी अन्न समूह, दालगेडागुडीमाछामासुअण्डा समूह, फलफूलसागतरकारी समूह, दूध तथा दूधबाट बनेका खाद्यपदार्थको समूह र तेल समूह गरी खाद्यपदार्थको पाँचै समूहबाट पर्ने गरी उचित परिमाणमा खाद्यपदार्थ छनोट गरेर भोजनमा समावेश गर्नुका साथै समयमा खाना खाएमा व्यवस्थित भोजनले रगतमा चिनीको मात्रा नियन्त्रण भई सकारात्मक परिणाम आउन सक्छ ।
महुमेहीका लागि पोषण व्यवस्था
मधुमेह भएका व्यक्तिलाई यहाँ भनिएअनुसार पोषणसम्बन्धी सिद्धान्तमा रहेर भिन्नाभिन्नै तवरले भोजनको व्यवस्था गर्न बढी उपयुक्त हुन्छ । दैनिक प्राप्त हुने कुल क्यालोरीमध्ये छछ
६० प्रतिशत विशेषतः जटिल कार्बोहाइड्रेट युक्त खाद्यपदार्थको छनोट गर्नुपर्छ । त्यस्तै चिल्लो पदार्थबाट कुल क्यालोरीको २०२छ प्रतिशतसम्म मात्र प्राप्त हुनुपर्छ । यसमा पनि ० प्रतिशतभन्दा बढी मोनोअनस्याच्युरेटेड अर्थात् मोनोअतृप्त फ्याटी एसिड समावेश हुनुपर्छ । यस्तै कोलेस्टेरोलको परिमाण १० मि.ग्रा.भन्दा कम हुनुपर्छ ।
यसै गरी कुल क्यालोरीको करिब १ देखि २० प्रतिशत प्रोटिन पशुजन्य वा वनस्पति स्रोतबाट समावेश गर्नुपर्छ । माथि उल्लिखित पौष्टिक तत्त्वबाहेक दैनिक भोजनमा फाइबर (खस्रो खाद्यपदार्थ) प्रशस्त मात्रामा समावेश गर्नुपर्छ भने सोडियम तत्त्वको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
दैनिक आवश्यक पर्ने क्यालोरी (प्रतिकेजी शारीरिक तौलमा)
शारीरिक अवस्था     हल्का काम    मझौला काम  गह्रौं काम
बढी तौल     २०२५ ३०    ३५
ठिक्क तौल    ३०    ३५   ४०
कम तौल     ३५   ४०    ४०५०
यसरी बिरामीको प्रतिकेजी शारीरिक तौलका लागि उसले गर्ने कामअनुसार माथिको तालिकाअनुसार क्यालोरी आपूर्ति गर्नुपर्ने हुन्छ । कतिपय स्थितिमा खानाबाट मात्रै रगतमा चिनीको परिमाण नियन्त्रण हुन नसकेको अवस्थामा खानाको उचित व्यवस्थाका साथै डाक्टरले सिफारिस गरेअनुसार खाने औषधि पनि लिनुपर्ने हुन्छ । कतिपय बिरामीले औषधि खान थालेपछि खानामा पथपरहेज गर्न आवश्यक नभएको ठान्छन् । तर यस्तो ठान्नु गलत हो । किनकि व्यवस्थित खानाले औषधिको प्रभावकारिता बढाउनुका साथै मधुमेहबाट हुने स्वास्थ्य समस्या पनि कम गर्छ ।
औषधि खाएको समयमा पनि बिरामीको पौष्टिक आवश्यकता समान हुन्छ । तर औषधिको किसिमअनुसार औषधिले छिटो वा ढिलो असर गर्छ, सोको जानकारी राख्न जरुरी हुन्छ । छिटो असर पार्ने औषधि अर्थात् बिहानको नास्तामा औषधि लिएको छ भने ४६ घण्टामा यसको असर उच्च हुन्छ । त्यसकारण यस प्रकारको औषधि लिँदा बिहानको नास्ता र दिउँसोको खाजा ठिक्क वा हल्का हुनुपर्छ । तर बिहानको मुख्य खाना र बेलुकाको खाना भने बढी हुनुपर्छ । अर्थात् दिनभरिको खानाबाट प्राप्त कुल क्यालोरीलाई बिहानको नास्तामा १छ भाग, दिउँसो र बेलुकाको खानामा २छ भाग र दिउँसोको खाजामा कम क्यालोरी मात्र प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ । कुनै औषधिले शरीरमा इन्सुलिन बनाउन मद्दत पुर्याउँछ भने कुनै औषधिले खानबाट प्राप्त हुने ग्लुकोज कोषमा शोषण गराउनका लागि कोषलाई सक्रिय बनाउन मद्दत पुर्याउँछ । यसैले औषधि लिएको अवस्थामा पनि भोजनको सन्तुलन अपरिहार्य हुन्छ । साथै औषधिले पार्ने प्रभावलाई समेत ध्यानमा राखी दैनिक प्राप्त हुने क्यालोरीको परिमाण हरेक पटकको खानाबाट केकति प्राप्त गर्नुपर्ने हो, सोको समेत विचार पुर्याउनुपर्छ ।
औषधि लिइरहेका मधुमेहका बिरामीले भन्दा इन्सुलिन लिने बिरामीको दैनिक खाने खानाको छनोटमा केही स्वतन्त्रता पाइन्छ । तर यस स्थितिमा पनि इन्सुलिनको प्रकार र त्यसले प्रभाव पार्ने समयलाई ध्यानमा राखेर दैनिक भोजन एवम् क्यालोरीको व्यवस्था गर्नुपर्छ । टाइप १ मधुमेह र टाइप २ गरी दुवै प्रकारका मधुमेहमा इन्सुलिनको प्रयोग गर्न सकिन्छ ।
इन्सुलिनको प्रकार    सुरु हुने समय प्रभाव पार्ने उच्च विन्दु प्रभाव भइरहने समय
तुरुन्तै प्रभाव पार्ने८   मिनेटभित्र     ३०० मिनेटसम्म    घण्टा
छोटो समयमा प्रभाव  ३०६० मिनेट  ६०१२० मिनेट ८ घण्टा
इन्टरमिडिएट८८      एकडेढ घण्टा वा ३ घण्टा    ८ घण्टा र कुनै १४ घण्टा     करिब २० घण्टा
लामो प्रभाव पार्ने     ८ घण्टामा  १२ घण्टामा २४ वा ३६ घण्टासम्म
     इन्सुलिनको ब्रान्डअनुसार समय केही तलमाथि हुन सक्छ ।
८८    इन्सुलिनको ब्रान्डअनुसार समय लम्बिने हुन्छ ।
यस प्रकार इन्सुलिनको प्रभाव सुरु हुने, उच्च विन्दुमा पुग्ने र प्रभाव कायम रहने समय हेरेर सोही अनुरूप दैनिक भोजनबाट प्राप्त हुने क्यालोरीको बाँडफाँड गर्नुपर्ने हुन्छ । यसको लागि सम्बन्धित डाइटिसियनले सिफारिश गरेअनुरूपको खानाको तालिका अवलम्बन गर्नुपर्छ । जस्तैछोटो समयमा प्रभाव पार्ने अर्थात् रेगुलर इन्सुलिन लिएको मधुमेह बिरामी, जसलाई भोजनबाट दैनिक १२०० क्यालोरी प्राप्त हुने भोजन सिफारिश गरेको छ ।
त्यसका लागि दैनिक क्यालोरीको बाँडफाँड यस प्रकार गरिन्छ । बिहानको नास्तामा १३ क्यालोरी अर्थात् ३०० क्यालोरी, दिउँसोको खानामा ३छ० देखि ४०० क्यालोरी प्राप्त हुने किसिमले भोजनको योजना गर्नुपर्छ । र, बाँकी क्यालोरीको मात्रा यी तीन मुख्य खानाबाहेक बीचबीचमा खाइने खानाबाट पूर्ति गर्नुपर्ने हुन्छ ।
यस प्रकार कुनै पनि प्रकारका मधुमेहीले आफ्नो रोगको व्यवस्था गर्न अवलम्बन गरेको उपचार विधि औषधिबाट अथवा इन्सुलिनबाट जुन भए तापनि दैनिक खाना र त्यसबाट प्राप्त हुने क्यालोरीको परिमाणमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
दैनिक भोजनको व्यवस्था गर्दा पाँच खाद्यसमूहबाट ठीक परिमाणमा खाद्यपदार्थको छनोट गर्नुपर्छ । बिरामीको खाना खाने प्रवृत्ति र बानी कस्तो छ, सो कुरालाई ध्यानमा राखी आवश्यकताअनुसार फेरबदल गर्न सकेमा उसले सिफारिश गरेको भोजनलाई सजिलै अवलम्बन गर्न सकिन्छ ।
मधुमेह भएका व्यक्तिको भोजनको व्यवस्था गर्दा फाइबरयुक्त खाद्यपदार्थ करिब २० देखि ३छ ग्राम दैनिक प्राप्त हुने किसिमले गर्नुपर्छ । त्यस्तै मधुमेह भएका व्यक्तिको खानाको फेरबदल गर्दा उनीहरूको खाना खाने प्रवृत्ति, शारीरिक तौलमा उतारचढाव, कामको प्रकार आदि कुरालाई पनि ध्यानमा राखी क्यालोरी सिफारिश गर्नुपर्छ । सकेसम्म तयारी खाद्यपदार्थको प्रयोग कम गरी प्राकृतिक खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।
औषधि तथा इन्सुलिन लिएको अवस्थामा पनि दैनिक भोजन व्यवस्थित र नियमित हुनुपर्छ । साधारणतया मधुमेहीमा रगतमा चिनीको मात्रा बढी हुने भए तापनि कहिलेकाहीँ आवश्यकता ज्यादै कम भएको स्थितिमा बिरामीलाई तुरुन्तै फलफूलको जुस वा चकलेट वा ग्लुकोज दिनुपर्छ । बिरामीको अवस्थाअनुरूप दैनिक सन्तुलित भोजन अनिवार्य हुनुको साथै अक्सिजन प्राप्त हुने किसिमको शारीरिक व्यायाम तथा मानसिक तनावरहित वातावरणको व्यवस्था भएमा मधुमेहको व्यवस्थापनमा सकारात्मक टेवा मिल्छ । यसै गरी खाना पकाउने विधिमा पनि ध्यान दिनुपर्छ । उमाल्ने, सेक्ने, बफाउनेजस्ता कम तेल प्रयोग हुने खाना पकाउने विधि  अपनाउनुपर्छ । पकाउने भाँडो ननस्टिक प्यान प्रयोग गर्दा तेलको खपत कम हुन्छ ।
उल्लिखित कुराबाहेक मधुमेह रोग व्यक्ति आफैँबाट व्यवस्थित गर्नुपर्ने हुनाले उसमा यससम्बन्धी आवश्यक ज्ञान हुन नितान्त आवश्यक हुन्छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.