सिमी मुटुरोगीका लागि निकै लाभदायक

यो तरकारी सानो देखिन्छ तर फाइदा थुप्रै छन् । सिमी घुलनशील रेसा -फाइबर) को राम्रो स्रोत हो । यसैले यो मुटुरोगीका लागि निकै लाभदायक हुन्छ । के मानिन्छ भने एक कचौरा सिमीको तरकारी दिनहँु खानाले छ सातामा रगतमा कोलेस्ट्रोलको
मात्रा १० प्रतिशत कम हुन सक्छ । हृदयाघातको खतरा ४० प्रतिशतसम्म घट्न सक्छ ।
सिमीमा सोडियमको मात्रा कम तथा पोटेसियम, क्याल्सियम र म्याग्नेसियमको मात्रा बढी हुन्छ । र, यसमा लवणको मिश्रणले स्वास्थ्यलाई थप पुर्‍याउँछ । सिमी निरन्तर खानाले रक्तचाप बढ्दैन ।
हरियो सिमी वा सामान्य भाषामा ‘पmेन्च विन्स’ मा मुख्यतः पानी, प्रोटिन, केही मात्रामा बोसो, क्याल्सियम, फस्फोरस, आइरन, क्यारोटिन, थायमिन, राइबोपmलेबिन, नियासिन, भिटामिन ‘सी’ जस्ता मिनरल र भिटामिन पाइन्छन् ।
रायबोफ्लेबिन शरीरको कोशिका प्रक्रियाका लागि निकै आवश्यक घटक हो । सिमी यसको मुख्य स्रोत हो । सय ग्राम सिमीबाट करिब २६ क्यालोरी ऊर्जा पाइन्छ ।
सिमीको ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुन्छ । यसको मतलब प्रायः भोज्य पदार्थले जस्तो सिमीले रगतमा चिनीको स्तर बढाउँदैन । यसमा पाइने फाइबर रगतमा चिनीको स्तर एकनास राख्न सहयोगी हुन्छ । यही विशेषताले गर्दा मधुमेह रोगीलाई सिमी खाने सल्लाह दिइन्छ । सिमीको रस सेवनले शरीरमा इन्सुलिनको उत्पादन बढाएका उदाहरण पनि छन् । यसैले मधुमेह रोगी वा यसको जोखिममा रहेकाहरूले सिमी खानु धेरै लाभदायक हुन्छ ।
सिमीको रस उत्तेजक -स्टिम्युलेन्ट) हुन्छ । यही प्रकृतिका कारण दीर्घ रोगीले यसको तरकारी खाइरहँदा राम्रो हुन्छ ।
सिमी मृगौलासम्बद्ध रोगमा समेत फाइदाजनक छ । होमियोप्याथिक औषधिमा यो योग गरिन्छ । यसमा एन्टि-अक्सिडेन्टको मात्रा बढी हुन्छ । एन्टि-अक्सिडेन्ट शरीरका कोशिका मर्मतमा उपयोगी मानिन्छ । यसैले सिमीको सेवनले क्यान्सरको सम्भावनामा समेत कमी आउने दाबी गरिन्छ । सिमीमा ‘फाइटोइस्टोरोजन’ पाइने भएकाले स्तन क्यान्सरको जोखिम पनि घटाउँछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.