एउटै परिवारमा जन्मिएका पाँच अपाङ्ग बालिकाहरु

दक्षिण पर्वतको रानीपानी गाविस– ६ पस्यारका एउटै परिवारमा जन्मिएका पाँच अपाङ्ग बालिकाहरुको सहयोगका लागि रोजगारीका लागि इजरायल पुगेका नेपालीहरूले करिब ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
रोजगारीका निम्ति इजरायल पुगेका नेपालीहरूको संस्था नेप्लिज इन इजरायल ग्रुपले विगत २ महिनादेखि रकम संकलन अभियान थालेको हो। पाँच अपाङ्ग भएको परिबारलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले अभियानस्वप उक्त रकम संकलन भएको हो। दुइ महिन सम्म गरिएको सहयोग संकलन अभियानबाट ११ लाख १ सय १० रुपैया संकलन भएको छ। जसमध्ये नारी आबाजबाट १ लाख संकलन हुन बाँकी रहेको कुमार पौड्यालले जानकारी दिएका छ्। गोपाल सिटौला, सूर्य बस्याल र कुमार पौडेलको विशेष नेतृत्वमा संकलित रकम इजरायलको तेल–अबिबको लेवेन्सकी पार्कमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ। संकलित रकम पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा रहेको अपाङ्ग बालबालिकाका बाबु बलवहादुर परियारको नाममा रहेको खातामा पठाइएको छ।
बलबहादुरका ८ वर्षिय छोरी अनिता, १० वर्षिय जुम्ल्याहा गंगा र जमुना, १७ वर्षिय मिठु र १८ वर्षिय मञ्जु परियार आजीवन ओछ्यानको साहारामा बाँच्न विवस छन्। उनीहरुमध्ये कसैेको खुट्टा घुमेका छन् भने कसैका, हात बाँंिगएका छन्।
परिवारका जीवित  ८ सन्तानमध्ये ५ जना बच्चा पुर्ण रुपमा अपांग छन , बाँकी तीन जना स्वस्थ्य छन्।
अहिले रहेका मध्ये १३  वर्षीय छोरी विष्णु परियार कक्षा पाँचमा पढिरहेकी छिन् भने जेठी छोरी मालतीको विवाह भैसकेको छ। अपांग रहेका सन्तानका  खुट्टा बाङ्गगा र लुला छन। छुंदा भा“चिने जस्ता देखिन्छन। विरामी पर्दै गएपछि उपचारका लागि पाल्पा, पोखरा, वुटवल लगायतका स्थानहरुमा लगे तर डाक्टरले क्याल्सियमको कमि भएकाले हात खुट्टा लुला भएको भनेपछि आजभोली उपचारका लागि लैजान छाडेका छन्। दिनभर ओछ्यानमा नै बिताउने भएकाले दिसा पिसाब पनि बिस्तारामै गर्छन।  बच्चाहरु जन्मने अबस्थामा भने  राम्रै भएपनि  ५/६ महिनापछि यस्तो समस्या देखापरेको हो । उपचारका लागि विभिन्न ठाउ“मा पुर्‍याउँदा क्याल्सियमको कमि भएको स्वास्थ्यकर्मीले बताए। उपचारका लागि पोखरा, वुटवल, भरतपुर पुर्‍याउँदैमा भएको सम्पति सबै सकियो। उपचारकै लागि  अहिलेसम्म चारलाख भन्दा बढी रकम खर्च भैसकेको बाबु बलबहादुर बताउँछन्। अपाङ्गहरको उपचारका लागि मासिक २० हजार भन्दा बढि खर्च हुने गरेको छ।
…आफ्ना सवै दिदीवहिनीहरु अपाङ्ग भएकाले परिवारमा निकै नरमाईलो लाग्छ। सवै स्कुल जाँदा सवै दिदीवहीनीहरु झोला बोकेर जान पाए कति रमाईलो हुन्थ्यो। घरमा दिदीवहीनीहरु चौविसै घण्टा सुतेको सुत्यै गर्दा यिनीहरुको स्याहार सुसारमै लाग्ने गरेको सपाङ्ग छोरी विष्णु परियार बताउँछीन। उनले विद्यालय समेत नियमीत जान नपाएको बताउँदै खाली समयमा उनीहरुलाई कखरा सिकाउने गरेको बताउँछीन्।
जिल्ला बिकास समितिले एक जनालाई मासिक एक हजार उपलब्ध गराउँदै आएको छ भने काठमाडौ कलंकीका बासु केसीले त विगत २ वर्षअघिदेखि मासिक १० हजार दिदै आएका छन्। उनले मासिक रुपमा गरिमा बिकास बैंक वालिङ्गमा रकम पठाउँदै आएका छन। त्यस्तै विगत दुई महिना अघि काठमाणै महाकाल गाविस ३ घर भई हाल बैदेशिक रोजगारको शिलशिलामा स्पेनमा बस्दै आएका रवी बुढाथोकीले ५० हजार नगद सहयोग उपलब्ध गराएका छन्। गत बर्ष नै कलंकीका अजयसिंह सुवालले पन्ध्र हजार नगद सहयोग गरेका थिए। त्यस्तै गाबिसबाट मासिक रुपमा ३ सयका दरमा रकम अपांग भत्ता दिदै आएको छ। यसले केही राहत मिलेको भएपनि सवै खालका समस्याहरु समाधान हुन सकेको छैनन्।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.