नीममा पाइने गुणहरु

नीम एउटा आयुर्वेदिक औषधि हो ! जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ ! नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो ! तर यसको तितो स्वादले गर्दा प्रायले यसको
सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् ! तर यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहिँ रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिउं !
यहाँ नीमको रसको बिभिन्न फाइदाहरुको बारेमा उल्लेख गरिएको छ ! नीमको जूस (रस) बाट हुने फाइदाहरु -
1. नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ ! नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ l
2. नीमको पातहरुको रस र सुद्ध महलाई २:१ (दुई भाग नीमको रस र एक भाग मह) अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ ! तथा कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ !
3. नीमको जूस (रस) पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ! यसको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाऊदछ , शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ! पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ !
4. नीमको जूस (रस)ले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ ! दैनिक नीमको जूस (रस) पिउनाले ब्‍लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।
5. नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
6. यदी शरीरमा चिकन पॉक्‍सको दागहरुको सफाई गर्नकोलागी नीमको रसले मसाज गर्नाले फाइदा गर्दछ! यसको साथै छाला सम्बन्धि रोगहरु जस्तै: एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस (रस) पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ!
7. नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो ! यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ l यो नीमको जूस (रस) महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।
8. पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ ! यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ ! नीमको फूलले पने निकै फाइदा गर्दछ! नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ ! नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ!
9. नीमको रसले भाइरसको बृद्दीलाई रोक्छ ! यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ !निमको रसले मलेरिया रोगको उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ ।
10. नीमको रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ !नीमको फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा पाउनकालागि नीमको रसले मसाज गर्छन ! प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत निर्मुल पार्दछ !
11.निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा टेप्रेचार त्यति धेरै हुन् पाउदैन!

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.