इन्टरपोलको साइटमा उल्लेख गरिएका मोष्ट वान्टेड सुचिमा सुचिकृत केही नेपालीहरु

विश्व अपराध प्रहरी संगठन (इन्टरपोल) को सुचिमा विभिन्न अपराध गरी भागेर फरार रहेका नेपालीहरुको संख्या ७९ पुगेको छ । विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर फरार रहेका नेपालीहरु मध्ये ७९ जनालाई इन्टरपोलमा समावेश गरिएको हो । उनीहरुलाई विश्वको जुनसुकै देशको प्रहरीले पनि रेडकर्नर सुचिमा उनीहरु परिसकेकाले उनीहरुलाई विश्वको जुनसुकै देशको प्रहरीले पनि पक्राउ गर्न सक्छ । अदालतले समेत दोषी ठहर गरी रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई वर्षमा दोब्बदर भएर ७९ पुगेको हो । दुई वर्षअघि करिब ४० जना नेपाली रेडकर्नरमा थिए ।भारतमा २५, कतारमा २०, युएईमा १४, नेपालमा ११, साउदी अरबमा ३ अमेरीकामा ३, इटाली, बेलारुस र बहराइनमा एक एक जना नेपाली मोष्ट वान्टेड सूचीमा परेका हुन् ।



0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.