सेक्सको आनन्द नै जीवनको समाप्ती बन्छ

जबसम्म जूनकीरी झिलिक मिलिक गर्दैनन र जूनकीरीका गीत सुनिादैन तबसम्म गर्मीयाम लागेको अनुभव गर्दैनन गाउाघरका थुप्रै मान्छे । अर्थात् जूनकीरीहरूले गर्मीयाम संकेतको पिलपिले आगो बोकेर आउाछन घर आागन, करेसाबारी र चौरतिर । मसिना होउन की तिनले अाध्यारो नै रुचाउन, तिनमाथी धेरैको ध्यान भने केन्दि्रत हुने गर्छ । तिनको हरियो र पहेालो प्रकाशका बारेमा धेरै गीत लेखिएका छन । कथाहरू बुनिएका छन । ध्यान तानिएका छन । बच्चाहरू त झन जूनकीरी खोज्ने भन्दै घाासतिर दगुरादगुर नै गर्छन् । तर त्यही पहेालो प्रकाशले भाले जूनकीरीलाईर् भने जीवनको अन्त्यतिर डोर्‍याउाछ भन्ने चाख लाग्दो तथ्य भने कतिलाईर् थाह होला ?
जाडोयाम सकिएर जब गर्मी महिना शुरु हुन्छ तब सााझको गरम वातावरणमा जूनकीरीका भालेहरू घाास र झाडीतिर सलबलाउन थाल्छन । ती प्रायः सम्म फााट र नजिकै जंगल भएको छेउछाउमा बढि सलबलाउन रुचाउाछन । पाका भालेहरूले घाासबाट माथि उडेर पहेालो र हरियो रंग निकाल्दै पोथीहरूलाईर् यौनाकांक्षाको संकेत गर्छन् । पोथीहरू पनि के कम ? भालेका प्रकाशहरूको तिनले वरिपरिबाट अवलोकन गर्छन् । पोथीहरूलाईर् चाख लागेमा तिनले पनि बत्ती बालेरै सकारात्मक संकेत दिन्छन । अध्ययनहरूले के देखाएका छन भने धेरै चम्किलो र छिटो बत्ती बाल्न सक्ने भालेहरू पोथीका छनौटमा पर्छ ।
हामीलाईर् उस्तै लागेपनि जूनकीरीका थुप्रै प्रजाति हुन्छन । त्यसैले भालेहरूले आˆनै प्रजातिको कुन पोथीले संभोगको स्वाद लिएकी छैन भनेर ढुकेर बस्छन । त्यस्तै पोथीको खोजीमा लाग्छन । किन संभोगको अनुभव नभएका पोथी कुर्छन् त भालेहरूले ?
यसको चाख लाग्दो तथ्य के छ भने संभोग गरिसकेका पोथीहरूले शरीरको रसायन बदलेर संभोग गर्न आउने भालेलाई नै खाइदिन्छन । त्यो तथ्यको जानकारी भालेहरूलाईर् हुन्छ । पहिले भालेलाईर् संभोगका लागि संकेत दिने त्यही प्रकाश त्यस्ता पोथीहरूले एक पटक संभोगको स्वाद लिइसकेपछि भने भालेलाईर् आहारको रूपमा खान हतियारको रूपमा प्रयोग गर्नथाल्छन । कतिपय पोथी त यति बाठा हुन्छन कि तिनले शंका नगर्न र अनुभव नभएका भालेहरू जति सक्दो धेरैलाईर् आकर्षण गर्ने र छक्याएर आहारा बनाइदिने गर्छ ।
जति छिटो बत्ती बाल्यो उति पोथीले रुचाउने हुादा भालेहरू पनि आहारा बनाउने पोथीका धरापमा पर्छ । किनभने तिनले पोथीहरूले रुचाउलान भन्ने आशाले झन छिटो छिटो बत्ती बाल्ने कोसिस गर्छ । त्यसैले हरेक सााझ भालेहरूले बाल्ने बत्तीमा ‘सेक्सको आनन्द की जीवनको समाप्ती’ भन्ने जोखिम रहन्छ । केही वैज्ञानिकहरूले भने छिटो र चम्किलो बत्ती बाल्न सक्ने भालेहरूले धेरै पोथी ओगट्ने बताएका छन । तिनको भनाईमा कहिलेकही त कुनै भालेले सयौं पोथी खेलाउाछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.