एकीकृत दलित आन्दोलन गर्नुपर्ने भएको छ-गोपाल शिवा

दलित समुदाय हेपिएको, चेपिएको, च्यातिएको र लुटिएका उत्पीडनका घटनाहरू,  खबरहरू कहाली लाग्दा केही तथ्यहरू मेरो सम्झनामा अझै ताजै छन् । सर्बत्र उत्पीडनका घटनाहरू हुदा पनि किन हामी एक जुट हुन सक्या छैनौ ? अझै किन हाम्रो विवेकमा बिर्को लागेको छ ? यति बिघ्न पिल्सिदा पनि घोचिदा पनि के पर्खी राख्य छौ हामी ? अहिले सम्मको दलित आन्दोलन कति लथालिङ्ग छ र कति उपलब्धि भए  भन्ने प्रस्ट देखाएको छ यस्ता घटना र तथ्यले ।हामी भित्र भएका सबै कमजोरीहरुलाई हटाउँदै अब एकीकृत दलित आन्दोलन गर्नुपर्ने भएको छ ।सबैले एक्त्रित हुन थालौ, हामीले नगरे कसैले गर्दैन ।
  1. वि.सं. २०५० मा सिन्धुपाल्चोक सिपापोखरेमा ३ वर्षकी बालिका लक्ष्मी विश्वकर्मालाई कुवा छोएको निउँमा सोही कुवामा चोबलेर हत्या गरियो ।
  2. वि.सं. २०६६ मा रूपन्देहीमा ९ बालिका मनिसा हरीजनलाई इट्टाभट्टामा गर्धन छिनाएर बली चढाइयो ।
  3. वि.सं. २०६८ भदौ १३ गते दैलेखमा छोराले ठकुरीकी छोरी विवाह गरेको निहुँमा सेते दमाईलाई खुँडा र खुकुरीले रैथाने ठकुरीहरूले चोक्टाचोक्टा काटेर हत्या गरे ।
  4. कास्कीको घाद्रुकका शिक्षक कर्ण नेपालीलाई कालोमोसो र पेटीकोट लगाइदिएर समग्र आमाहरू र पूरै दलित समुदायको जातीय स्वाभिमानको हत्या गरियो ।
  5. बझाङ ,कोटदेवल गाविस-९ जिन्नाडाका आग्री (दमाई) ले रोकाया र थापा परिवारको कुवाबाट पानी लिएको निहुँमा कुटपिट गरे । उनीहरूले दलितका दर्जनभन्दा बढी घर पनि भत्काइदिएका छन् ।
  6. तनहुँ, घाँसीकुवा १ की किशोरी माया विकलाई गाग्री छोएको निहुँमा मरणासन्न हुने गरी कुटपिट गरियो ।
  7. कालीकोटमा मनवीर सुनारलाई जातीयताकै आधारमा कुटेर हत्या गरियो ।
  8. बलात्कारकी शिकार बाह्र वर्षिया दलित बालिकाले नानी जन्माइन् ।
  9. दैलेखका एक दलितलाई राज्यको संरक्षण पाएका उच्च जातिले आफैं सर्वोच्च अदालत बनेर ‘देश निकाला’ गरे ।
  10. बाजुरा ,काँडा गाविस-८ मा पसल सञ्चालन गर्दै आएका जयबागेश्वरी गाविस-२ का ओकेन्द्र सिंहले सोही ठाउँका स्थानीय १४ वर्षीय मनोज नेपाली भारी बोक्न नगएको भन्दै एक दलित बालकमाथि कुटपिट गरे ।
  11. धनगढी नपा-१२ सिगाँउका ६६ वर्षीय थोले आग्रीलाई डुम भन्दै सोही ठाँउका ५० वर्षीय हर्क सिंहले जेठ ३० गते कुटपीट गरे ।
  12.  जेठ २५ गते ब्रह्मस्थानमा पूजा गर्ने विषयलाई लिएर पिपरिया दोस्तिया गाविसमा गैरदलित समुदायको दलितमाथि आक्रमण हुँदा डेढ दर्जन घाइते भए  ,घर तोडफोड तथा कुटपिट गरे ।
  13. असार ८ गते सिरहाको चन्द्र उदयपुर गाविस वाड नम्वर–४ रुमाले टोल डन्डा स्थीतका चार घर दलित परिवार लाई स्थानिय कथित उपल्लो वर्ग मगर समुदायले ईनारमा पानी नखा, ईनार छोईदिईस भन्दै सार्वजानिक ईनारको पानी खान वाट वन्चित गराए ।
  14. सिपापोखरे गाविस-७ का धनबहादुर रोक्का, सोही ठाँउका चन्चली रोक्का र सोही गाविस-८ का अनिस मगरान्तीले भोटसिपा गाविस-७ स्थित श्री चन्डेश्वरी उमाविमा एसएलसी परिक्षा दिन आउँदा ०६९ चैत २ गते भोटसिपा गाविस-७ का र्इश्वरी आचार्यको घरमा बास बसेको बेला दलित भएका कारण बास बस्न पाएनन् ।
  15. झापाको शनिश्चरेस्थित प्रहरी चौकीकी जवान छत्रा श्रेष्ठ र स्थानीय सगुन राईबीचको विवाद मिलाउन दुई दिनअघि त्यहाँ पुगेका एमाले नेतासमेत रहेका मोहन विक र श्याम ल्वागुनलाई इलाका प्रहरी बिर्तामोडबाट खटिआएका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरे ।
  16. लहान, वैशाख २३ -इनारको पानी छोएको भन्दै सिरहा, जमदह ९, मुसहर्नियाकी दलित महिलालाई तामाङ समुदायकी सासूबुहारी मिलेर कुटपिट गरेका छन् ।
यी र यस्ता हामी माथि दलित ,छुवाछुत र भेदभाव को नाममा घटेका घटना हजारौ छन् हाम्रो समाजमा  .....यी समस्याहरूको निराकरणको खाँचो  छ जसको लागि हामी एक जुट अहिले नै  हुनु पर्छ  ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.