अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ

भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ । अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य परिवर्तनले उसको शारीरिक अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ । अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले शरीरको कुन भागमा के भइराखेको छ भन्ने कुराको जानकारी दिन्छ । 
१) निधार : निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ । जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८ घण्टा सुत्ने गर्नु पर्छ ।
२) आँखि भौँ : कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट बढी आउँदछ । ठिक यसको विपरित देब्रे आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न सक्नुहुन्छ ।
 ३) मुख : मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ । मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै सुख्खा ओठले शरीरमा पानीको मात्रा कम छ भन्ने जानकारी दिन्छ ।
 ४) गाला : गालामा हुने हल्का राता दागहरु शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ । धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन छोड्नुपर्छ ।
५) चिँउडो : चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै शरीरमा हुने हर्मोनको गढबढी पनि यहाँ देखिन्छ । चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.