के-के छन् त आँप खानुका फाईदा

आँपका ८ फाइदा जानिराखौ आपँ तपाइ हामि सबैले मन पराउने फल हो । थोरै नै होला आपलाई मन नपराउने मानिसहरु, आपँ सिजन अनुसार फल्ने फल हो । हामी आपँ त खान्छै तर त्यस्को फाइदा के छ त ? आपले हाम्रो शरिरलाई के फाइदा गर्छ त ? आउनुहोस् आपको फाइदाहरु बारे जानकारी लिउ
१. क्यान्सर निरोधक: आँपमा पाइने एण्टीअक्सिड भिटामिन ई र फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ । 
२. आँखाको ज्योति: आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ । 
३. गर्मीबाट राहत: आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ । ४. रगतको मात्रामा बृद्धि: रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँपले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ । 
५. सेक्स हर्मोन बढाउन: आँपमा रहेको भिटामिन ई का कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ । 
६. मोटोपन बढाउन: आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ । 
७. स्मरण क्षमतामा बृद्धी गर्न: आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ । 
८. शारीरिक सुन्दरता: आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.