रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने घरेलु विधि

केही स्वास्थ्य समस्या यस्ता हुन्छन् जसको उपचारका लागि डाक्टरकहाँ धाइरहनु पर्दैन । घरेलु विधिद्वारा घरमै ती समस्या निदान गर्न सकिन्छ ।

मात्र त्यसका लागि घरेलु उपचार पद्धतिको ज्ञान, सावधानी तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्दछ । केही खाद्य पदार्थ वा वस्तुहरु यस्ता छन् जसको नियमित सेवन गरिएमा विभिन्न खालका रोगहरु आफै निको हुन्छन् र त्यस्ता पदार्थको सेवनले रोगको रोकथाममा पनि सहयोग पूराउँछ ।

· यदि तपाइँको सरीरको कुनै भाग सुन्निएको छ, जोर्नी दुखेको छ वा सरीरको कुनै भागमा पीडा महसुस भैरहेको छ भने दिनहुँ तातो दूधमा बेसार मिलाएर पिउने गर्नुहोस् । यसले दुखाइ कम गर्न तथा सुन्निएको भाग निको हुन सहयोग गर्छ ।

· वजन घटाउन चाहनुहुन्छ ? छाला तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ ? उच्च रक्तचाप तथा मधुमेह लगायतका रोगबाट बच्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दिनहुँ गि्रन टी सेवन गर्नुहोस् ।

· स्ट्रबेरी, किम्बु तथा काफल लगायतका फलको नियमित सेवनले तपाइँको मृगौला स्वस्थ राख्न मद्दत गर्छ । यसले मुत्र प्रणालीमा हुने विभिन्न खाले संक्रमण समेत रोक्न सहयोग पूराउँछ ।

· दिनहुँ ओखर तथा बदामको सेवन गर्नाले सरीरमा पर्याप्त उर्जा आपूर्ति हुन्छ । यसले तन्दुरुस्ती बढाउन मद्दत गर्नुका साथै यौन क्षमता तथा स्मरण शक्तिको वृद्धिमा पनि सहयोग पूराउँछ

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.