एक अर्काको रगत पिउँदा आनन्द मान्ने प्रेमजोडी

हप्ताको एक पटक छुट्टकिो दिन श्रीमान श्रीमतीले के गर्लान् ? अवश्य पनि फुर्सदको समयमा कतै घुम्न जालान् वा आफन्तसँग भेट गर्लान् । प्रेमी प्रेमिका भेट भए भने के गर्लान् ? अवश्य पनि प्रेमालाप गर्लान् । तर यो दुनियामा यस्ता जोडी पनि हुँदा रहेछन् जसले हप्ताको एक दिन एक अर्काको रगत पिउँछन् ।

२० वर्षकी लिया बेनिङ हफ र ३८ वर्षका एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले हप्ताको एक दिन एक अर्काको सरीरबाट रगत निकालेर घटघटी पिउँछन् । गएको फेब्रुअरीमा डेटिङ वेबसाइटको माध्यमबाट चिनाजानी भएर भेटघाट गरेका लिया र एरोरे केही पछिको भेटदेखि नै एक अर्काको रगत पिउन थालेका रहेछन् । एक दिन भेट हुँदा एरोले आफ्नो पाखुरा रेजरले काटेर रगत निकालेछन् अनि लियालाई पिउन दिएछन् । त्यसपछि लियाले पनि आफ्नो सरीर काटेर रगत निकाली एरोलाई पिउन दिइछन् । त्यस दिनदेखि उनीहरुमा एक अर्काको रगत नै पिउने बानी परेको छ । रगत पिउँदा निकै आत्मीयताको अनुभुति हुने र रगत पिउँदाको आनन्द सम्भोगबाट प्राप्त हुने आनन्द भन्दा पनि उच्च रहेको उनीहरुको दाबी छ ।

यिनीहरुले आउँदो क्रिसमसमा बिहे गर्ने सोँच बनाएका छन् । लियाका बुआमालाई आफ्नी छोरीको सम्बन्ध एरोसँग रहेको त थाहा छ तर हुनेवाला ज्वाइँ र आफ्नी छोरी समेत मान्छेको रगत पिउने जन्तु हुन् भन्ने कुरा भने थाहा छैन । बेलायतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लियाले भनेकी छिन्, ‘हाम्रो सम्बन्धबारे बुवाआमा खुसी हुनुहुन्छ ।’

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.