मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ

महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्:

१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ । 
२. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ । 
३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ । 
४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ । 
५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू । 
६. मह तताएर कहिल्यै नखानू । 
७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ । 
८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ । 
९. शुद्द मह कुकुरले खाँदैन ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.