सुन्दरता बढाउन र अनुहारमा निखार ल्याउनका लागि एउटा नौलो तरिका

बजारमा हरेक किसिमका फेसियलका क्रिमहरु लगाएर सुन्दर बन्ने रहर कसलाई हुन्न र ! त्यसैले क्रिम बजारमा आउन बित्तिकै र टिभीमा आएको विज्ञापनमा देख्ने वित्तिकै किन्ने गर्दछौ तपाई हामी । बजारमा आएका कति क्रिम लगाएपनि अनुहारमा सुन्दरता आएको भनेर दाबी गर्न कसैले सकेका छैनन् । तर जापानमा आजभोली व्युटि पार्लरमा अनुहारको सुन्दरता बढाउन र अनुहारमा निखार ल्याउनका लागि एउटा नौलो तरिका अपनाउन थालिएको छ । जसको लागि शंखेकिरा नाम सुन्नु भएको होला । अब तपाइलाई तपाईलाई कस्तो-कस्तो लाग्यो होला, शंखेकिरालाई कसरी अनुहारमा राख्ने त भनेर ।
यो किरालाई कति समुदायले तरकारीको रुपमा पनि लिएको पाइन्छ । कतिले किराको पनि तकारी भनेर छ्या भन्ने पनि गरेका छन् । तर अहिले जापानमा शंखेकिरालाई एक व्युटिपार्लरमा यसको प्रयोग गरिएको छ । यसलाई अनुहारको फेसियलको लागि उपयोग गर्न थालिएको हो ।
अब तापार्इलार्इ यो फेसियलको बारेमा सुनेर अचम्म पनि लाग्न सक्छ । फेसियलको लागि जिउदो शंखेकिरालाई अनुहारमा राखिन्छ अनि किराले अनुहार भरि घुमेर अनुहारमा निखारता आउने बताइएको छ ।यसरी शंखेकिराले छोडेको चिप्लो पदार्थले अन्त्यमा अनुहारमा मसाज गर्ने गरिन्छ । जम्मा ६० मिनट गरिने फेसियललाई सेलिब्रेटी एस्कार्गोट कोर्ष नाम दिइएको छ। यो फेसियल अहिले कोरीयामा पनि गर्ने गरेको पाइन्छ।अब तापाई लाई लाग्न सक्छ अब शंखेकिरा समाउने अनि आफै फेसियल गर्ने, तर यस्तो चाही नगर्नु होला ।किनभने शंखेकिरा लाई फेसियल गर्नु भन्दा पहिला राम्रो सगं सफा गरिन्छ र विशेष विधीद्धारा यसलाई फेसियलको लागि तयार गरिन्छ ।अनुहारमा एलर्जी हुन नपाओस भनेर शंखे किरालाई विशेष तरिकाबाट परिक्षण गरी तयार गरिने यसमा संलग्न चिकित्सकहरु बताउछन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.