किन दलित प्रति यस्तो अमानविय घटना हुदा सबै निदाएका छन ? -गोपाल शिवा

कालिकोटमा चुलो छोएको निहुँमा मनवीर सुनारको हत्या, सुर्खेतमा छोराको अन्तर्जातीय विवाह गरिदिएका निहुँमा सेते दमाईको हत्या , कास्कीमा सामूहिक भोजमा दलितहरूलाई पनि सहभागी गराउन खोजेको निहुँमा कर्णबहादुर नेपाली लाई कालो मोसो दलिएको, रौतहट पिपरियामा रहेको एक मन्दिरमा पुजा गर्न खोजेको निहुँमा दलित समुदायका २४ जना घाइते  तथा  बेलबारीमा एक दलित महिलालाई जबरजस्ती करणी गर्न खोजेको कुरामा दलित महिलालाई प्रहरीमा जान र दोषी साबित गर्न खोजेको निहुँमा स्थानीय महिला बाट पत्रकार मनोज बिश्वकर्मा सहित अनिल बिक र माया सार्की लाई कालोमोसो दलिएको आदि घटनाले यही समाजमा दलित हुनुको नियति भोग्न विवश प्रतिनिधि पात्रहरू मात्र हुन् ।
प्रहरी र स्थानीयको दबाबमा दबिएर बसेका हजारौ घटना छन् जसमा मिडियाको , दलित अधिकारकर्मीको नजर पुग्न सकेको छैन । दलित समुदायका सदस्यले समाजमा असुरक्षित महसुस गर्नु तथा उनीहरूमाथि विभिन्न निहुँमा, बहानामा क्रमिक रूपमा भइरहेका हिंसा, कुटपिट साथै हत्यासम्मका घटनाले नेपालमा दलितको पक्षमा कानुनको निमार्ण गरेर , जातीय छुवाछुत विरुद्धको सन्धीलाई ससंदबाट पारित गरेर कानुनी कागजले मात्र समाजको कालो रुप फेर्न सक्दैन भन्ने थप पुष्टि गर्छ। अब दलितको पक्षमा बनेको अधिकार नीति नियम कानुन सम्मतरुपमा राज्य बाट कार्यान्वयन हुनुपर्छ।दलित वस्तीहरुमा देखिएको समस्यालाई राजनैतिक दलहरुले, राज्यले स्वीकार गर्ने पर्छ ।गरिवी अभाव रोग भोक दरिद्रता अशिक्षा अस्वस्थता सबै समस्या दलितभित्र देख्दा देख्दै  किन राजनैतिक दलहरुका एजेण्डाहरुमा दलित को अहिलेसम्म पनि अधिकारको सुनिश्चितता छैन ?दलितहरुलाई बन्दुक बोकाउनेहरु , दलितहरुलाई पार्टीको कार्यक्रममा उतार्नेहरु , महिला अधिकारकर्मीहरु र दलितको नाम बेचेर खानेहरु  यतिबेला किन निदाएको नाटक गरिरहेको छन  ? किन दलित प्रति यस्तो अमानविय घटना हुदा सबै  निदाएका छन ?
परिवर्तनका लागि आन्दोलनका अनेकौ रुप र तरिकाहरु अपनाउदै पूर्ण समानता ल्याउन र जातीय छुवाछुत प्रथा  हटाउनका लागि आ आफ्नो ठाउँ बाट आन्दोलित हुनै पर्छ !सैदान्तिक, बैचारिक , सास्कृतिक आन्दोलनलाई निरन्तरता दिनै पर्छ !दलितभित्र रहेका अनेक प्रकारका समस्यालाई सुल्झाउन ,  अब हामी  माथि उठ्न र आफ्नो अधिकारको बारेमा वकालत गर्न सक्नु पर्छ र दलितहरुले एकढिक्का भएर  दलित आन्दोलनलाई जुर्मुराउनु अत्यन्तै आवश्यक  छ ।बेलबारी घटनामा प्रताडित हुन्न विवश भएका मनोज बिश्वकर्मा,अनिल बिक र माया सार्की लाई उचित न्याय र क्षतिपूर्तिको लागि अपिल  गर्दै  दलित नागरिक समाजको अगुवाइमा भएको आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सिंहदरबार घेराउ र धर्ना कार्यक्रममा म र रामचन्द्र  परियार जी पनि हेल्प राइजका तर्फ बाट सहभागी भएका थियौ !हेरौ केहि दृश्यहरु



0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.