अब मानिस सासै नफेरी बाँच्न सक्ने

मानिसलाई जिवित रहनका लागि प्राणवायु अर्थात् अक्सिजनको आवश्यकता पर्दछ । त्यस्तो अक्सिजन मानिसले स्वासप्रस्वास प्रक्रियाबाट लिने गर्छ । तर अब भने मानिस सासै नफेरी बाँच्न सक्ने उपाय पत्ता लागेको छ ।
वैज्ञानिकहरुले मानिसलाई सासै नफेरीकन उसको रगतमा अक्सिजन पठाउने प्रविधिको विकाश गरेका छन् । यो प्रविधिको विकाशपछि अब जटिल शल्यक्रियाका दौरान समेत मानिसको स्वासप्रस्वास प्रक्रिया चालू राख्नैपर्ने बाध्यता हट्नेछ र वैकल्पिक प्रक्रियाद्वारा मानिसको रगतमा अक्सिजन पठाएर उसको स्वासप्रस्वास पूर्णरुपमा बन्द गराएर समेत उसको शल्यक्रिया गर्न सकिनेछ । यो विधिमा बोँसोको अणुसँग समायोजन गरी रगतमा अक्सिजनका अणु पठाइन्छ । विज्ञहरुले यो खोजलाई चिकित्सा विज्ञानको महान उपलब्धी भनेका छन् ।
तर यसरी कृत्रिम विधिद्वारा रगत पठाइएको अक्सिजनले मानिस केबल ३० मिनेटसम्म मात्र बाँच्नसक्छ । त्यसपछि भने उसलाई स्वास लिनैपर्दछ । अमेरिकाको बोस्टन बाल अस्पतालका चिकित्सक जोन केरले एक मानिसको त्रासदीपूर्ण मृत्युको घटनाबाट प्राप्त अनुभवबाट प्रेरित भएर यो अनुसन्धान गरेका हुन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.