परिबर्तन नै चाहने हो भने फराकिलो दिल लिएर सोचौँ। -गोपाल शिवा

उपेक्षित उत्पिडित र दलित बर्ग हामी दलितमा आफ्नो पहिचान र जातियताको रक्षार्थ विभिन्न संस्थाहरु स्थापना गरेर हामी दलित एकताको संदेश प्रवाह गरी रहेका हुन्छौँ।कति खुशी लाग्छ यस्तो परिवर्तित एजेन्डा लिएर हामी दलितमा चेत आएको मा तर परिवर्तित एजेन्डा लिएर एक जुट भएर एक कदम अघि बढंन नपाई  , सुन्दर कुरा अनि उपलब्धिमुलक काम गर्न  नपाई  एजेन्डा र  संरचनाहरु टुक्रा टुक्रा परेर दलित को लागि म ,हामी मात्र हौ भन्दै एक टुक्रामा उभिएर निती र योजना को बारेमा हल्ल्हा फिजाउछन । अहिले सम्म भएका ५०१ दलित सस्थाहरु मा एकता गरेर एकताले समाजमा सकारात्मक सन्देश जाने  एकता पश्चात दलितहरु बलियो भएर  दलितहरुको हितमा काम गर्न सकिन्छ भने चेत हामीमा कहिले आएन बरु एकताको कुरा गरेर ५०२ , ५०३ हुदै  गयौ  । छरिएर बसेका दलितहरु लाई एउटा सूत्रमा उनेर एकताको संदेश  दिन यस्ता सयौ  संगठन को जरुरी छ त् ?  दलितको हक अधिकार ,समानता मुलक समाज  र आर्थिक उन्नन्ति गर्नु आजको आवश्यकता हो  उडन्ते सयौ  संगठन को गफबाट हो त् ? ५०२ , ५०३ हुदै  आफ्नो कर्तब्य त् हामी आफैले किटान गर्न सकेनौ फलस्वरूप  दलीत भित्रै   एकताको अभावमा जातीय र क्षेत्रिय दरार बढ्दै गइरहेको छ । दलित एकता  दलित एकता  दलित एकता भनेर  जति कराए पनि जति बोले पनि हामीले जे सिक्छौ जे देख्छौ त्यही नै ब्यबहारमा लागु गरि रहेका छौ । प्रस्ट छ  यसरि दिनानु दिन खुल्ने सस्थाले के  इंकित गर्दछ भने दलित जाने बुझ्नेहरु पद , प्रतिष्ठा र स्वार्थको चरम विवादको घेरामा पिल्सिरहेको  छन  । आफै एकता हुने बेलामा अहमता साधेर हिड्छन अनि भोलि कुनै नया सस्था खोलेर  दलित एकता हुनु पर्छ,  दलित को लागि मै(हामी ) मात्र हौ र दलित एकताको बिकल्प छैन भन्नु आफैमा कति हास्यास्पद हुन्छ ?
कहिले काहिँ त् लाग्छ नेपाली सामाजिक परिवेश लाई नै कति दोष दिने हामी दलित  जो मातृभूमि देखि बिकशित देशमा जति बसेपनि जति शिक्षा हासिल गरेपनि राम्रा कुरा जति सिकेपनि जब पद प्रतिष्ठाको लागि मैदान मा उत्रन्छौ अनि उही घिन लाग्दा ब्यबहार अनि तामसा देखाएर नै छोडछौ। दलित अधिकारको निम्ती आवाज उठाउन एउटा सफा मन अनि फराकिलो दिल लिएर सोचौँ। परिबर्तन नै चाहने हो भने समय अनुसार अनि परिवर्तित एजेन्डा लिएर एक जुट भएर परिबर्तन हुन् सिकौ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.