उमेर बढे के गर्ने ?

२५ वर्षको उमेरदेखि अनुहारमा विभिन्न समस्या देखिन थाल्छन् । यही उमेरदेखि डार्क सर्कल्स, एजस्पट, फाइन लाइन, रिंकल्स आदि देखापर्छन् । यद्यपि २५ वर्षको उमेरमा यी सबै हुन्छन् भन्ने होइन । कतिपय कुरा ४० वर्षको उमेरपछि पनि देखापर्न सक्छन् । अध्ययनअनुसार चाउरी पर्नु बढ्दो उमेरको संकेत मात्र होइन, यो खानपान, व्यवहार एवं जीवनशैलीको संकेत पनि हो । अनुहारमा रिंकल्स देखापर्नु, स्किन टेक्सचरमा परिवर्तन आउनु, छालाको रंग परिवर्तन हुनु आदिले बढ्दो उमेरको असरलाई स्पष्ट गर्छ । अनुसन्धान अनुसार छालामा उमेरको भन्दा चुरोटको धूवाँ र प्रदूषणको प्रभाव बढी देखिन्छ । खानपान, तनाव, निद्रा एवं शारीरिक व्यायामको कमी, छालाको राम्रो हेरचाह नहुनु आदिले पनि छालालाई बाहिरी रूपमा प्रभाव पार्छ ।

डर्मेटोलोजिस्टहरूका अनुसार छालामा विभिन्न समस्या देखिनुको बाहिरी कारणमा चुरोटको धूवाँ एवं प्रदूषण हो । विभिन्न किसिमका प्रदूषण छालाको सम्पर्कमा आउनेबित्तिकै यस्ता अनपेयर्ड आरओएसले तुरुन्तै हमला गर्छन् । यसको परिणाम छाला रंगहीन हुन्छ ।

यो अवस्थामा छालालाई सधै जवान राख्न विभिन्न एन्टी एजिङ वा रिंकल कम गर्ने उत्पादनप्रति आकषिर्त हुनु स्वाभाविक हो । एन्टी एजिङको चाहनालाई लक्षित गरी सञ्चालन गरिएको कस्मेटिक सर्वेको एक रिपोर्टअनुसार बितेका २ वर्षमा एन्टी एजिङ क्रिमको बिक्री ७२ प्रतिशतले बढेको छ ।

एन्टी एजिङ क्रिमको प्रयोग

एन्टी एजिङ प्रोडक्ट अल्फाहाइड्रोक्सी एसिड 'एएचए' भिटामिन ए, इ र सेलिसिलिक एसिड मिसाएर तयार गरिन्छ । अल्फाहाइड्रोक्सी एसिड सबै खाले स्किन केयर टि्रटमेन्टमा प्रयोग गर्न सकिन्छ । यस्तो एसिड प|mुट्स एवं उखु आदिमा पाइन्छ । अल्फाहाइड्रोक्सी एसिडअन्तर्गत ग्लाइकोलिक, लेक्टिक, मेलिक, साइटि्रक र टार्टरिक एसिड पर्छन् । एएचएले छालाको एसिड अल्काइन सन्तुलन ठीक राख्न सहयोग पुर्‍याउँछ ।

केही एन्टी एजिङ क्रिममा डीएमएइ अर्थात् डाइनिथाइल एमिनो एथेनलको पनि प्रयोग गरिन्छ । यसको केमिकललाई कतिपय कम्पनीले एन्टिरिंकल क्रिम तथा फेस लिफ्टिङ प्रोडक्टमा प्रयोग गर्छन् । यसमा पाइने केमिकलका कारण मृत सेल केही समय सक्रिय हुन्छन् । मृत सेल सक्रिय हुनेबित्तिकै अनुहार कान्तिमय देखिन्छ । यो केमिकल माछाको शरीरमा पाइन्छ ।

उमेर बढे के गर्ने

समयलाई कसैले रोक्न सक्दैन, न त यसको प्रभावलाई कसैले रोक्नसक्छ । बढ्दो उमेरको प्रभाव रोक्न प्राकृतिक उपाय अवलम्वन गर्नु उचित हुन्छ । समयमै स्तरीय उत्पादन प्रयोग गर्दा यसले केही हदसम्म रोक्न सहयोग गर्छ । एक अनुसन्धानअनुसार मोस्चराइजर प्रयोग गर्ने १८ देखि ३० वर्षका महिलाको तुलनामा मोस्चराइजर प्रयोग नगर्ने महिलामा रिंकलको समस्या बढी देखिएको थियो । यसबाट छालामा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने बानी बसाल्नु एक मात्र उपाय हो भन्ने देखाएको छ । एन्टी एजिङ क्रिमबाट छालालाई आरओएसको हमलाबाट पनि जोगाउन सकिन्छ । आरओएस जब एन्टी एजिङ क्रिममा रहेको भिटामिन इको सम्पर्कमा आउँछ तब त्यसले भिटामिन इको एउटा इलेक्ट्रोनलाई लिएर आफ्नो पेयर पूरा गर्छ, जसले छालालाई हानि गर्दैन । एक क्लिनिकल स्टडीअनुसार मोस्चराइजर प्रयोग गर्ने महिलामा हाइपर पिगमेन्टेसन स्पटको कमी आएको पाइयो ।

स्तरीय उत्पादनका साथै आफ्नो खानपानमा पनि सुधार गरेर उमेरको प्रभावलाई केही कम गर्न सकिन्छ ।त्यसका लागि आफ्नो भोजनमा भिटामिन सी, इ र मिनरलयुक्त एन्टी ओक्सिडेन्ट समावेश गर्नुपर्छ । भिटामिन सी, इ र मिनरलयुक्त सुन्तला, कागती, ब्लुबेरी, स्ट्रबेरी, पालक, ब्रोकाउली आदि हरियो साग सेवन गर्नुपर्छ । भिटामिन इका लागि सनफ्लावर ओयल, अनाज, नट्स डेयरी प्रोड्रक्टसको सेवन लाभदायक हुन्छ ।

    पि्रमेच्योर रिंकल्सबाट बच्न सनस्त्रिmन एसपीएफ १५ को प्रयोग नियमित गर्नुपर्छ ।

    चिया, कफीको सेवन भरसक कम गर्नुपर्छ ।

    चिल्लो-पिरो-मसलेदार भोजनमा कमी ल्याउनुपर्छ ।

    निराशा, तनाव, क्रोध आदिबाट जोगिनुपर्छ ।

    एसीमा लामो समय बस्दा पनि छालामा रिंकल पर्ने सम्भावना बढ्छ । यसको प्रयोगबाट वायुमा अक्सिजनको स्तर कम हुने भएकाले यसको प्रभाव छालामा पर्न जान्छ ।

 मेकअपका लागि राम्रो कम्पनीको फेसवास, क्लिन्जर, टोनर एवं मोस्चराइजर आदि प्रयोग गर्नुपर्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.