शारीरिक सुन्दरताका लागि रङ्गीन फलफूल- कमला श्रेष्ठ ब्युटिसियन

खानामा हरियो सागसब्जी बढाउनुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । किनकि हरियो सागको सेवनले शारीरिक तन्दुरुस्तीका साथै सौन्दर्य बढाउन मद्दत गर्छ । हरियो साग मात्र नभएर अन्य विभिन्न रड्डका फलफूलको सेवनले झनै शारीरिक सौन्दर्य बढाउने हुँदा त्यस्ता मौसमअनुसारका फलफूलको सेवन पनि बढाउनुपर्ने हुन्छ । फलफूल र हरियो सागमा एक किसिमको एजथतयअजझष्अब ितत्त्व पाइन्छ । यसले फलफूल र सागमा रड्ड दिने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले मुटुको रोग र आँखाको समस्यालाई समेत रोकथाम गर्न मद्दत गर्छ । यसरी हामीले दैनिक सेवन गर्दै आएका सागपात एवम् फलफूलमा हुने हरेक रड्डले शरीरलाई आफ्नै किसिमले फाइदा पुर्याएको हुन्छ । त्यसैले यहाँ केही रड्डहरू र त्यस्ता रड्डयुक्त फलफूलको सेवनबाट हुने फाइदाका बारेमा जानकारी दिइन्छ ।
पहेँलो रड्ड
सुन्तलाको रड्ड पहेँलो हुन्छ । यसमा प्रचूर मात्रामा भिटामिन
सीहुन्छ । शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढाउन सुन्तलामा भएको क्यारोटिनोइड्स ९ऋबचयतभलयष्मक० ले धेरै मद्दत पुर्याउँछ । सुन्तला र भुइँकटहरजस्ता अम्लीय फलमा पाइने द्यभतब(ऋबचयतभलभ ले शरीरलाई आवश्यक पर्ने भिटामिन उपलब्ध गराई आँखाको दृश्य शक्ति तथा छाला स्वस्थ बनाउन मद्दत गर्छ । यस्ता फलहरूमा सुन्तला, भुइँकटहर, सगरखण्ड, गाजर, आरु, फर्सी, स्वीट कर्न, काँक्रो आदि पर्दछन् ।
प्याजी रड्ड
प्याजी रड्डका फलफूलहरूमा ब्ल्याकबेरी
, ब्लुबेरी, अंगुर, अञ्जिर, आरुबखडा, किसमिस, रातो बन्दाकोपी आदि पर्दछन् । यी खाद्यपदार्थहरूमा च्भकखभचबतचय ितत्त्व प्रशस्त मात्रामा पाइन्छ । यी खाद्यपदार्थमा हुने च्भकखभचबतचय िले मुटुको रोगलाई कम गर्छ । सम्झनाशक्ति वृद्धि गर्छ । साथै यसले अनुहार स्वच्छ, ताजा तथा चम्किलो बनाउँछ ।  हातखुट्टा चिसो हुने समस्यालाई कम गर्न पनि मद्दत गर्दछ ।
हरियो रड्ड
हरियो सागमा प्रशस्त पौष्टिक तत्त्व हुने भएकाले यसलाई पौष्टिक तत्त्वको भण्डार पनि भनिन्छ । यसमा Anti-oxidant luten गितभल पनि हुन्छ । यसमा भएको रसायन तत्त्व ह्भबहबलतजष्ल ले उमेरको कारणले आँखाको दृष्टि कम हुने समस्यालाई प्रभावकारी तरिकाले कम गर्न मद्दत गर्छ । साथै यसले आँखाको रोगमा फाइदा पुर्याउँछ । र, बढी प्रकाशलाई फिल्टर गरी आँखालाई हानि हुनबाट बचाउने काम गर्छ । महिलालाई आवश्यक पर्ने खनिज तत्त्वहरू जस्तैक्याल्सियम, फलाम र फोलिक एसिड सागमा प्रशस्त पाइन्छ । सुन्दरता वृद्धि गर्न मद्दत पुर्याउने यस प्रकारको खाद्यपदार्थमा हरियो स्याउ, कुरिलो, किबी फल, ब्रोकाउली, पालुड्डोको साग, केराउ, एभोकाडो आदि पर्दछन् ।
रातो रड्ड
रातो रड्डका फलहरूमा ब्लतजयअथलबलष्ल तत्त्व हुन्छ । यस तत्त्वले पिसाबनलीमा इन्फेक्सन हुने समस्या समाधान गर्न मद्दत गर्छ । रेड बेरी फलमा यो तत्त्व हुने भएकाले यसको रस सेवन गर्नाले पिसाबनलीमा टाँसिएर रहेको ब्याक्टेरिया सफा गर्न मद्दत पुग्छ । रेड बेरी मात्र नभएर गोलभेंडा
, अम्बा, खर्बुजा, अंगुरजस्ता फलमा पाइने Lypopene ले क्यान्सर निरोधकको काम गर्छ । यस श्रेणीमा Peppers, खुर्सानी, चेरी फल, स्ट्राबेरी, रातो स्याउ पर्छन् ।
यहाँ बताइएका विभिन्न मौसममा पाइने फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थहरूको सेवनले शरीरमा आवश्यक पौष्टिक तत्त्वको रोम्रो आपूर्ति हुन्छ । यसले छाला, कपालमा पोषण पुगी सौन्दर्य बढ्नुका साथै शारीरिक क्षमतामा पनि वृद्धि भई रोगप्रतिरोध क्षमतासमेत बढ्छ । यहाँ उल्लेख गरिएभन्दा बाहेक अन्य रड्डका फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थको पनि महत्त्व उत्तिकै छ । त्यसैले शारीरिक सुन्दरताका लागि मौसमअनुसार फल्ने सबै रड्डका फलफूलको सेवन अपरिहार्य मानिन्छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.