कुकुरले पर्खाल देख्नासाथ खुट्टो उचालेर

कुकुरले यस्सो पर्खाल, अलिकति उठेको, अग्लो त केही देख्दै नहुने खुट्टो उचालिहाल्ने किन होला ? । यसको वैज्ञानिक कारण भने बडो चाखलाग्दो रहेछ । -भाले त पोथी दुबै कुकुरले पिसाब तुर्कयाएर आˆनो स्तरको लागि प्रतिस्पर्धा गर्छन् । -उच्च रवाफिला भाले कुकुरहरूले अझ बढि पिसाब तुर्कयाएर आˆनो प्रभुत्व देखाउाछन । -भेट्नु अघिनै पिसाबको माध्यमले कुकुरहरूको प्रतिस्पर्धा हुन्छ । पिसाबको गन्धले हरेक कुकुरको स्वाथ्य र अन्य पहिचान दिन्छ ।
भाले र पोथी दुबै कुकुरले उचाइ, खुट्टो उचाल्ने आकार, क्षेत्र र पिसाबको गूणको आधारमा प्रतिस्पर्धा गर्छन् । एनिमल नेचरमा हालसालै प्रकाशित तथ्यले के भन्छ भने कुनै एउटा कुकुरले तुर्कयाएको ठाउामै तुर्कयाउने अर्को कुकुरको स्तर अघिल्लोको भन्दा बढि हुन्छ । यस अघिल्ला अध्ययनहरूले भने के देखाएका थिए भने त्यसरी तुर्कयाउने काम भालेले गर्छन् र त्यो पनि पोथीले तुर्कयाएको ठाउामा त्यसको प्रतिउत्तर स्वरूप मात्रै ।
त्यसैले अघिल्ला रिपोर्टले के देखाएको थियो भने पोथीको पिसावलाईर् छोप्न वा नस्ट गर्न भालेले पिसाब गथ्र्याे । अहिलेको तथ्य पत्ता लगाउन वैज्ञानिकहरूले ४८ वटा कुकुरमा परिक्षण गरेका थिए । काठका ठुटाहरू राखिदिएर त्यसमा पिसाब फेर्ने व्यवस्था मिलाएका थिए ।
उनीहरू कुकुरले सु गर्दा पुच्छर कति माथि उठाउाछ, नाकले कति सिासिा र फिंफि गर्छ खुट्टो कुन आकारमा कति उचाल्छ र दाह्रा कति निकाल्छ भन्ने पनि अध्ययन गरे । पुच्छर लामा हुने कुकुरको स्तर उच्च हुने रहेछ । पुच्छर लामा हुने कुकुर अरु कुकुरको पिसाबबाट तिनको अवस्था चाल पाउन बढि तगडा हुने रहेछन ।
भाले र पोथी दुबैले पिसाब तुर्कयाउने गरेपनि भालेहरूले पोथीहरूले भन्दा बढि तुर्कयाउने रहेछन । कुकुरहरू एक अर्कामा भेट हुनु अगाडिनै त्यही पिसाबको अध्ययनबाट धेरै कुरो पत्ता लगाउने रहेछन । पिसावको रासायनिक ज्ञानका आधारमा जानकारी भइसकेपछि ति सम्मुख हुादा कसरी लड्ने, कताबाट आक्रमण गर्ने, कसरी आक्रमण गर्ने भन्ने निर्णय लिन कुकुरहरूलाईर् सहज हुने रहेछ ।


0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.