केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने

केरा एक स्वादिष्ट फल हो, जुन नेपालका धेरैजसो भू–भागमा उत्पादन हुन्छ । केराको एउटै विशेषता भनेको यसमा अन्य सबै फलमा भन्दा ज्यादा प्रोटिन पाइन्छ । प्रोटिनका हिसावले हेर्दा अण्डा भन्दा केरा उपयुक्त भएको बताइन्छ । २ अण्डामा हुने प्रोटिन एउटै केरामा हुने चिकित्सकहरुको भनाई छ ।तर, अब भने केरा एचआईभी तथा एड्सी रोगीका लागि समेत फलदायी हुने तथ्य बाहिर आएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य बाहिर आएको हो । हालै संयुक्तराज्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ रहेका छन्, तथापी वैज्ञानिकहरुको अनुसन्धान भने जारी छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.