नेपालमा छोरीप्रति मोह भए पनि छोरालाई नै प्राथमिकता दिइन्छ

दाइजोको निहुँमा लोग्नेले यातना दिए पनि ज्यानै लिइहाल्छ जस्तो त उनलाई लागेको थिएन तर त्यस दिन भयो त्यस्तै। लोग्नेले भान्साबाट घिस्याउँदै कोठामा लानासाथ फेरि कुटाइ खाने डरले हास्रुनको सातो गएको थियो। त्यस दिन त्यतिमा सीमित रहेन।कोठामा पहिलेदेखि तयार रहेका उनका देवरले दुवै हात पछाडि लगेर बेस्सरी अँठ्याएपछि नन्दले डोरीले हात बाँधिदिई भने सासूले उनको मुखमा लुगा कोचिइदिई। सबै मिलेर उनलाई घिस्याउँदै बाथरुममा पुर्‍याएर मट्टीतेल खन्याए। उनलाई आगो लगाउने काममा लोग्ने आफैं तयार भई सलाई कोरेर आगो लगायो।जीवनभर साथ दिने बाचासहित विवाह गरेर ल्याउने लोग्ने, आमासरहकी सासू, बहिनीसरहकी नन्द र भाइसरहका देवरहरुले दाइजो कम ल्याएको निहुँमा घरकै बाथरुममा आगो लगाएर बेहोस पारिएकी नेपालगन्जकी २२ वर्षीय हास्रुन इद्रिसीलाई पछि उद्धार गरी अस्पताल लगिएको थियो। विवाह गरेदेखि नै दाइजो कमी भएकोमा उनका
लोग्नेतिरका परिवारले किचलो सुरु गरेका थिए। उनका बाबुसँग ३ लाख रुपियाँ, मोटरसाइकल, रंगीन टेलिभिजन दाइजोस्वरुप माग गरिएको थियो।

पछि घटाउँदै ५० हजार नगद र रंगीन टेलिभिजनमा झर्‍यो, तर हास्रुनका बाबुले गरिबीका कारण त्यो पनि समयमा जुटाउन नसक्दा शारीरिक र मानसिक यातना भोगिरहेकी हास्रुनलाई जलाएर हत्या गर्ने प्रयास भयो। शरीरको प्रायः सम्पूर्ण भाग जलेकी हास्रुनलाई हाल ओरेकलगायत संस्थाको सहयोगमा काठमाडौं ल्याई उपचार सुरु गरिएको छ र तीन महिनासम्म उपचार गर्नुपर्ने स्थिति छ।पछि घटाउँदै ५० हजार नगद र रंगीन टेलिभिजनमा झर्‍यो, तर हास्रुनका बाबुले गरिबीका कारण त्यो पनि समयमा जुटाउन नसक्दा शारीरिक र मानसिक यातना भोगिरहेकी हास्रुनलाई जलाएर हत्या गर्ने प्रयास भयो। शरीरको प्रायः सम्पूर्ण भाग जलेकी हास्रुनलाई हाल ओरेकलगायत संस्थाको सहयोगमा काठमाडौं ल्याई उपचार सुरु गरिएको छ र तीन महिनासम्म उपचार गर्नुपर्ने स्थिति छ।

कात्तिक १५ गते जलाइएकी हास्रुन दाइजोका कारण चरम यातना पाई हत्याको षड्यन्त्रमा परेकी एउटा पछिल्लो उदाहरण मात्र हुन्। दाइजोका कारण अमानवीय यातना सहने र जीवन समाप्तिको जोखिममा पर्ने थुप्रै नेपाली महिलाहरु छन्। विवाहमा भनेजति दाइजो नल्याएकोमा चरम शारीरिक, मानसिक यातना दिने, हत्या गर्ने, पारपाचुके गर्ने, सौता हाल्नेजस्ता अनेक ज्यादती धेरै नेपाली महिलाहरुले भोग्नुपरिरहेको छ। यसमा सासू र नन्दले नै साथ दिनु अझ विडम्बनापूर्ण कुरा भएको छ। आफूले जन्माएको छोरीको राम्रोसँग विवाह गर्न नसक्नु, दाइजोको दबाबपूर्ण माग पूरा गर्न नसक्नु, समाजमा सामाजिक, सास्कृतिकलगायतका विभेद, रोजगारीको कम अवसर आदि कारणले अहिले नेपाली समाजका कैयौं समुदायमा गर्भमै छोरी भ्रूणको हत्या गरी जन्मनै नदिने प्रवृत्ति देखिन थालेको छ।

नेपालमा छोरीप्रति मोह भए पनि छोरालाई नै प्राथमिकता दिइन्छ। समाजमा धर्म, राजनीति, कानुन, सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा छोरालाई बढी महत्त्व दिइएको छ। यसको परिणामस्वरुप लैंगिक असमानता खासगरी जागिर, विवाह, घर र जीवनका अरु अवसरहरुबाट छोरीलाई भेदभाव गरिएको छ। छोरालाई बढी प्राथमिकता दिनेहरु भन्छन्- छोराले बुढेसकालमा पाल्छ तर छोरी बढेपछि पराईकी धन हो। छोराले परिवारको नाम राख्छ र अन्तिम संस्कार पनि गर्छ।

यस किसिमको परम्परागत गलत सोचाइले युवतीको विवाह हुनासाथ छोरा पाउन दबाब सुरु हुन्छ र छोरा नपाएसम्म गर्भवती हुन बाध्य पारिन्छ। धेरै छोरी भएर पनि छोरा नभएमा अर्को विवाह पनि गरिन्छ। यसले समाजमा महिलाको स्तर झन् खस्काएको छ। धेरै पटक गर्भवती हुँदा महिलाको स्वास्थ्यस्थिति बिग्रने, लिंगपहिचान गरी असुरक्षित गर्भपतन गराउँदा ज्यानै जाने स्थिति पनि आइरहेको छ। नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिए पनि लिंगपहिचान गरी त्यस्तो गर्न पाइँदैन। अवसर पाउँदा समाजमा छोरीले पनि बाबुआमाको पालनपोषण, क्रियाकर्म गर्नेदेखि परिवारको नाम राख्ने काम गर्दै आएका छन्। तर छोरीलाई जन्मेदेखि नै परिवार, समाजले त्यस किसिमको अवसरबाट वञ्चित गर्दै आएको छ। अवसरबाट वञ्चित गरेपछि समाजमा छोरीको स्तर कमजोर भइरहेको छ, जसले लिंगभेदको कुसंस्कारलाई अझ बढावा दिएको छ। समाजमा लिंगभेदको स्थिति विद्यमान रहेको र दाइजोलगायतका व्यावहारिक परम्परा धान्न नसकेका कारण कतिपय बाबु-आमाले अहिले अमानवीय तरिकाले छोरीलाई गर्भमै निमोठ्न थालेका छन्। यसले भविष्यमा अझ लिंगभेदलाई बढाउने, महिलाको स्वास्थ्य झन् बिग्रने र सामाजिक अपराधहरु बढ्ने अनुसन्धाकर्ताहरुले बताएका छन्।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.