म त पक्क परेर उनलाई हेरेको हेरै भएँ

पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले बुधबारको अंकमा छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान-श्रीमती एकअर्कालाई हेरेर छक्क परे । श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गुह्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति रहेन । श्रीमानले प्वाक्क सोधिहाले- "यस्तो ठाउँमा तिमी के गर्दैछौ ?"
उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन्, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।
श्रीमानले अखबारलाई भने- "म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् !"
विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले आफूहरुको पारपाचुकेका लागि निवेदन दिएका छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.