२१ वर्षकी ती युवतीले आफ्नो जीवनकालमा १ लाख जना पुरुषसंग ओछ्यान तताउने लक्ष्य

उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक भन्ने गरिन्छ हामी कहाँ । तर पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने भन्दा पनि अझै कडा जस्तो लाग्ने उद्देश्य लिएकी छन् । २१ वर्षकी ती युवतीले आफ्नो जीवनकालमा १ लाख जना पुरुषसंग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् । उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छन् र अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो यौनको चपेटामा पारिसकेकी छिन् । एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसंग मात्र सुत्न चाहँदैनिन् । विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसंग सम्भोगको स्वाद चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक पुरुषलाई सम्भोगका लागि २० मिनेटको समय दिनेछिन् । आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार
आफ्नो सेक्स म्याराथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट गरिसकेकी छन् । अहिलेसम्म उनले २ सय ८४ जना पुरुषसंग सेक्स गरिसकेको बताइएको छ । अझ रोचक कुरा त के छभने जीवनकालमा १ लाख पुरुषलाई सम्भोगको अनुभव दिलाउने लक्ष्य लिएकी यी तरुनीको व्वायफ्रेण्ड समेत छ ।

    आफूले यौनसुखका लागि सम्भोग म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन् । आफूले सेक्सलाई माया गर्ने तथा पुरुष र हासिमजाक आफूलाई मनपर्ने उनको भनाइ रहेको छ । उनले आफूसंग सेक्स गर्न हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छन् ।
    यस अर्थमा उनले १ लाख पुरुषसंग सेक्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले सेक्समै बिताएकी हुनेछिन् । यसको अर्थ उनले लगातार सेक्स गरेमा पनि एक लाख जनासंग सेक्स गर्न झण्डै ४ वर्ष लाग्नेछ । उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको दुइ दिन सेक्सलाई छुट्टाएकी छन् । २० वर्षमा १ लाख पुरुषसंग सम्भोग गर्ने लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४/१४ जनासंग सेक्स गर्ने योजना बनाएकी छिन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.