यस्तो सिक्का संसारमा एउटै मात्र छ

सन् १७०० तिरको एउटा सिक्काका लागि नाम नखुलाउने शर्तमा एक व्यक्तिले तीन करोड अमेरिकी डलरमा किनेर दलालहरुलाई समेत जिल्याइदिएका छन् । त्यसो त यो सिक्का चाहिँ चानचुने होइन । यस्तो सिक्का संसारमा एउटै मात्र छ । संसारभरका एक हजारभन्दा बढी सिक्काका सङ्कलकसँग दलाल लाउरा र्स्पर्बरले यसलाई किनाएकी थिइन् ।

तीन शताब्दीअघि अमेरिकी नयाँ सिक्का र्सार्वजनिक गर्न यो डिजाइन छान्ने कि त्यो भइरहेको बेला यसलाई छाडी अर्कै सिक्का बजारमा गएपछि यसको प्रयोग कहिल्यै नभएको लाउराले बताएकी छिन् ।"वास्तवमा यो सङ्कलन चाहिँ अहिलेसम्मकै अपूर्व सङ्कलन हो", आश्चर्य मान्दै लाउराले भनिन्- "अमेरिकी सरकारले तीन शताब्दीअघि जारी गर्न खोजेका शुरुका केही सिक्कामध्ये यो पनि एउटा हो ।"

यो सिक्काका बिक्रेता अज्ञात नै रहन चाहेका छन् । तीन करोड अमेरिकी डलरमा जाबो एउटा सिक्का बेचेपछि उनलाई आफ्नो ज्यानको खतरा रहेको बताउँदै उनले आफ्नो परिचयलाई लुकाएका हुन् । त्यसो त उनले यो सिक्का दलालीलाई आफ्नो नाम मि. सिम्पसन, अ वेष्र्टन स्टेट्स कलेक्टर बताएका छन् । "क्रेता र बिक्रेता दुवै जना एकअर्कालाई ज्यादै प्रतिस्पर्धी मान्छन् ।
तिनीहरु आफ्नो पेशामा ज्यादै सफल पनि छन् र दुवै जना सिक्काको सङ्कलन क्रमको रोमान्सलाई ज्यादै माया गर्छन्", उनले एपी समाचार संस्थालाई बताइन् ।यस्ता सिक्काहरु सौगातका रुपमा एउटा हातबाट अर्को हात हुँदै आइपुगेको बताइएको छ । यो सिक्का साँच्चिकै त्यति पुरानो हो कि होइन भनी परख गर्न तेस्रो पक्षलाई जिम्मा दिइएको थियो । शुरुवाती सिक्काहरुमा सिक्कामा कुनै पनि राष्ट्रपतिको अनुहार नरहने गरेको पनि अनुसन्धाताहरुले बताएका छन् ।

यस्ता सिक्काहरुमा सन् १९०९ ताकापछि मात्र राष्ट्रपतिहरुको अनुहार छाप्ने चलन भएको हो । पहिलो पटक अब्राहम लिङ्कनको छापिएको थियो । यता लाउराले चाहिँ यो सिक्का बेचिसकेपछि उनको कम्पनीले कति रकम पाइन् भन्ने खुलाउन मानिनन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.