४० बर्षसम्म नसुति बस्न सक्ने मानिस

सुन्दैमा अचम्म लाग्न सक्दछ, कि कुनै मानिस ४० बर्षसम्म नसुति बस्न सक्ला ? तपाइँ कति दिनसम्म नसुति बस्न सक्नुहुन्छ ? एक रात सुतिएन भने मानिस बिरामीनै भइन्छ कि भन्ने लाग्दछ ।तर ६४ वर्षका थाइ एन्जोक नामका यी व्यक्ति ४० वर्षदेखि एक पटक पनि निदाएका
छैनन् ।तैपनि उनी सामान्यनै देखिन्छन । यी व्यक्ति दिउसोभरी सामान्य तरिकाले नै आफ्नो कामकाज गर्ने गर्छन् । उनी दिनमा मात्र हैन, अरू सुत्छन तर उनी रातभरि नै सधै जागा नै रहन्छन ।
भियतनामको एक पहाडि क्षेत्रमा कुखुरा तथा सुंगुर पालन गरेरे बसेका एन्जोकका एक श्रीमती र ६ जना छोराछोरीहरू रहेका छन् । उनी सन् १९७३ देखि उनी सुतेकै छैनन् ।  त्यो वर्षको एक रातले उनको जिवनलाई सधैका लागि निद्रा नलाग्ने बनाइदियो । उनलाई ज्वरो आएको थियो । ज्वरो भनेर उनले खासै ध्यान दिएनन् र उपचार पनि गरेनन् । उक्त ज्वरो निको हुन धेरै समय लाग्यो । त्यसपछि उनलाइ निद्रा नलाग्ने हुन थाल्यो । त्यतिबेला देखि उनी वितेका ११ हजार ७ सय दिन जागानै छन् ।

उनले यस समस्याका लागी डाक्टरकोलाइ पनि देखाए तर उनको यो रोग बीसको उन्नाइस पनि भएन । शुरूमा निद्रा नलाग्दा उनी डराएका पनि थिए । तर उनको स्वास्थ्यमा कुनै समस्यानै गराएन ।
यस निद्र नलाग्ने कारणले उनलाइ फाइदा नै भएको छ । उनी दिनमा थकाइ लाग्दा केही आराम गर्दछन । तर राती भने अरू सुत्छन उनी काम गर्दछन । अरुहरू सुतेको बेला उनी रातमा खेतमा गएर पानी लगाउँछन्, चौकीदारी पनि गर्छन् । आफ्नो माछापालन बढाउनका लागी अब उनी दुइ वटा तलाउ खोजी गरिरहेका छन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.