यी महिलाको विचल्लीले यो देशका नेता र राज्यलाई गिज्जाई रहेको छ -प्रेम सुनार

भदौ २१ – नेता र बेला बेलामा मन्त्रीहरु समेत रातदिन चिल्ला कारहरुमा आवत जावत गरेको नजिैकै राज मार्गमा उनि देख्छीन् । नजिकै टुढीखेल छ, विभिन्न दलका नेताहरुले गरिव,पछाडी परेका समुदायलाई माथी उठाउन आफ्नो पार्टी मात्रै लागेको दावि गर्दै चर्का चर्का भाषण गरेको पनि उनि गालामा हात लगाएर सुन्छीन् । तर उनलाई देख्ने र उनको विलौना सुन्ने भने कोहि छैन । यो छिमेकी जिल्ला बाग्लुङ्गमा २० वर्ष अघि देखि ओढारबाट ति महिलाको विचल्लीले यो देशका नेता र राज्यलाई गिज्जाई रहेको खवर हो ।
धौलागिरी अञ्चल कै सदुमुकाम बाग्लुङ्ग नगर पालिका । त्यो पनि देश भरकै मानिस पुण्य आर्जन गर्न जाने वाग्लुङ्ग कालिका मन्दिरको गेट अगाडी माथी भिरको जंगंल विचमा रहेको ओढारमा एउटी मान्छे बस्छीन तर जनावरप्रति राखिने निगरानी समेत उनमा रहेको छैन् सरकारी निकायबाट । आफ्नो नाम थर उनि बताउन चाहन्नीन् । घर कहाा हो ? बाबु आमा को हुन् ? उनलाई थाह छैन् वा भएर पनि बताउन रुचाउादिनन् ।

हिंसक जंगली जनवार देखेर जसरी अरु मानिस डराएर भाग्छन् उनि त्यसरी नै पुरुष देखेर भाग्ने गर्छिन् । यो समाचार दातालाई उनको फोटा लिन हम्मे हम्मे परेको थियो । ओढार मुनी पुग्न साथ उनि भिर तिर भागिन् । पख्नु–ुपख्नु दिदी किन डराएको ? भन्दा उनी भिरबाट लड्छिन की जस्तो गरी भाग्दै भनिन् र्–नाई नाई…,डर लाग्छ मलाई तिमीहरु लेग्ने मान्छे देख्दा , यहाबाट गई हाल ।’
उनि त्यसरी लोग्ने मान्छेलाई हिंसंक जनावर जस्तैं अझ भनौ राक्षसका रुपमा झैंै डराउनुका पछाडी उनि माथी पुरुषहरुबाट राक्षसी ब्यबहार नै भएको उनि र उनका स्थानिय महिलाहरुबाट बुझियो । कलिलो उमेरदेखि सडक मजदुरी गर्ने उनको अस्मीता सडक मै काम गर्ने पुरुषले आफ्नो राक्षसी आत्मा शान्त पार्ने सजिलो माध्यम मात्रै बनाएर अलपत्र पारेका रहेछन् । उनि भन्छिन ‘् ए कतिले माया गर्न आए गए, अहिले पनि माया गर्छु भनेर आउछन् र डर लाग्छ ।’
घर कहाा हो् थाह छ ? खै पुर्वतिर भन्थे क्यारे उनको यस्तो एक ठस्को जफाव थियो । बाबु आमा देख्नु भयो ? देखेन मैले त पहिल्लै मरेको भन्थे क्यारे उनले भनिन् । उनकोबारेमा बुझन् त्यस कालिका मन्दिर ब्यबस््स्थाप समितिका अध्यक्ष राजु खड्कासंग बुझ्यौं हामीले । उनि भन्छन्–‘ म जान्ने बुझ्ने भएको उमेर देखि उनललाई त्यो ओढारमा बसेको देखे कै २०/२२ वर्ष भयो । ’ उनले रिदम चलचित्रको गितको बोल उच्चारण गर्दै भने–‘हेर्नुस त मानिस भित्रको यो यो विचत्र कसैलाई कसैको मतलव छैन् । ’ उनले थपे –‘यि महिलाको अवस्था देखेर बुझ्न सकिन्छ कि कति सक्रिय छन् भन्ने कुरा ।’
उनले ति महिलाको अवस्थले यहााका नेता रराज्यलाई राम्ररी गिज्जाएको टिप्पणी गरे । उनि र स्थानिय महिलाहरुबाट बुझ्दा उनका पााच सन्तान मध्ये कोही जन्मीदै मृतक त कोहि कुपोषणबाट मरे भने एउटा कसैले चोरेर लगे,एउटा जिवितै छन् । जिवित उनका १०/११ व्र्षिय छोराको पढाईप्रतिको लगनशिलता, अनुशासन देख्ने हा ेर लक्ष्यका कुरा सुन्ने हो भने पुाजुपतिका छोरा छोरीलाई गतिलो पाठ हुन जान्छ ।
उनलाई स्थानिय महिलाहरुको सहयोमा वोर्डिङ्ग स्कुलमा भर्ना गरिएको रहेछ । विहनाको ९ वज्न नपाउादै उनि स्कुल जाने सरसफाईमा जुट्छन् ।ओढारको भित्तामा रहेकोर् एउटा तखातो जस्तै देखिने डुङ्गाको कापा,े उनको स्कुले ड्ेरश राख्ने दराज बनेको छ ।
सोतो स्कुले ड्ेरश , ओढारको धुावा, धुलो तर पनि कत्ति मैला छैनन उनका कपडा । स साना सिल्टीका भााडामा आमाले खाना पकाउादै ,उनि स्कुल जान तयार गर्दै । खाना खाएर उनि ओढारबाट निस्कीए भिरकोबाटो खरका गााजहरु समाउादै तल सडकमा स्कुल जानका लागि । तल झरे पछि उनि माथी आमालाई टाटा गरे, आमा पनि मुस्कुराउदै हात हल्लाईन । ओढारमा बस्नेहरुमा पनि त्यति खुशी ? उनिहरुको त्यो दृश्यले भावुक हुदै तल ओर्लिऔं हामी ।
ओढारमा बसेर डाक्टर ईन्जीनियर बन्ने लक्ष्य
तल सडकमा आएपछि फेरी उनले माथी ओढारतिर फर्केर आमा संग हात हल्लाउादै टाटा मम्मी गरे । केहि बेरपछि तल पढ्ने साथीहरु भेटाए । आलिशान ठुल्ठुला पक्की घरहरुबाट निस्कीएका बालबालिका र ओढारबाट निस्कीएका उनको खुशीमा कमी थिएन् ।
ति साथीहरुमा पनि उनि प्रति कत्ति विभेद थिएन् । मैले सोधे बाबु तिम्रो नाम के हो ? –‘वुद्ध थापा ।’ बाबाको नाम को हो थाह छ तिमीलाई ?–‘ थाह छैन । ’ उनले फेरी स्मरण गर्दै भने –‘खै दरवाङ्गको हर्के हुन् भन्थे क्यारे । ’ कतिमा पढछौ ?–‘कक्षा ३ मा ।’
पढेर के बन्ने विचार छ ? –‘डाक्टर ईन्जीनियर । ’ अरु साथीहरुको त कमाउने बुवा हुनुहुन्छ , सम्प्ित्त पनि छ र धेरै पढ्लान तिमी ओढारमा बसेर कसरी डाक्टर ईन्जिनियर बन्छौ त ? यसो भन्न साथ उनले भने–‘ ओढारमा बसेरै म डाक्टर कि ईन्जीनियर बन्छु भन्ने लक्ष्य लिएको छु । ’
अरु साथीहरुले बाबा भन्दा तिमीलाई नरमाईलो लाग्दैन् ? उनले भने –‘लाग्छ नि, बाबा..बाबा भन्न मन लाग्छ । उनका यि कुरा सुन्दा कोखैमा बसेका दिदी बहिनीहरुको गह भरिए , मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खड्का पनि भावुक भए । स्थानिय महिलाहरुका अनुसार उनलाई धेरैले विवहा गर्ने सपना देखाएर जवानी लुटेर छाडेर गए । उनि गर्भवती अवस्थामा साह्रै दुख पाउने गर्दथिन् ।
त्यस्तो अवस्थामा सडकमा काम गर्ने उनि उच्च रक्त श्रापले ग्रसित पनि बनिन् । पछिल्ला ति सन्तान स्थानिय महिलाहरुकै हेरचाहमा जिवित रहन सकेका हुन् । बिद्यालय भर्ना गर्न उनको थापा थर लेखाई पनि उनकी आमाको जात के हो र कहाा जन्मेकी थिईन ? स्थानियले पत्ता लगाउन सकेका छैनन् ।
उति मंगोलियन चेहराकी छन् । ति वालकको चेहरा पनि मंगोलियन छ । आम त पहिल्लै वेवरिसे बनेकी थिईन, अहिले उनका ति सन्तान पनि वेवरिसे वन्न नदिन को हुन त ति दरवाङ्गका हर्के भन्ने ? उनको स्थानिय प्रशासनले खोजि गर्न जरुरी भएको अध्यक्ष खड्का जोड थियो ।
अरु भन्दा पनि अरुले दिएको बासी खाना, अरुले दिएको लुगाफाटो, विमारमा औषधी उपचार पनि अर्कैको दया धर्ममा वााचेका ति वालको ओढारबाटै डाक्टर ईन्जिनियर बन्ने लक्ष्य सााच्ची नै पुरा होला ? उनको लक्ष्य कसले पुरा गराई देला ? यिनै कुराहरु मनमा खेलाउादै फर्कियौ हामी बाग्लुङ्ग वजारबाट ति वालकको लक्ष्या पुरा होस् भन्ने कामना गर्दै गुल्मीको तम्घासतिर ।
- source: butwalonline

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.