राजनितिक दलहरु स्वयम समावेशी हुनु जरुरी

समानताको चर्को नारा लगाइए  गत संविधानसभामा प्रतिनिधित्व र जन आन्दोलनमा मुख्य भूमिका खेलेका प्रमुख ९ राजनैतिक दलहरुको केन्द्रीय कार्यसमितिमा महिलाको प्रतिनिधित्व अध्ययन गर्दा ९% मात्र देखिन्छ भने पुरुष प्रतिनिधित्व ९१% रहेको छ ।जबकी मुख्य दलहरुका संविधानसभा सम्बन्धी चुनावी घोषणापत्रमा भएको महिला सम्बनधी व्यवस्था भने यस्तो छ !


नेकपा माओवादी

  •     समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय, लैङ्गकि र अन्य विभेद र असमानतालाई अन्त्य गर्न
  •     राज्यका सबै अंग र जनप्र्रतिनिधि संस्थाहरुमा महिला, दलित, जनजाती, उत्पीडित, मधेश, अल्पसंख्यक समुदाय -मुस्लिम) आदिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था  गरिनेछ ।
  •     सबभन्दा तीब्र उत्पीडनमा परेका महिला, दलित र मुस्लिम समुदायलाई ऐतिहासिक उत्पीडनको क्षतिपूर्ती स्वरुपनिश्चित अवधिसम्म थप विशेष अधिकारको व्यवस्था गरिनेछ ।
  •     महिलाहरुलाई पैतृक सम्पत्ति लगायत सबै क्षेत्रमा पुरुष सरह समान अधिकार  हुनेछ ।
  •     प्रजनन र सम्बन्ध विच्छेदको अधिकार महिलामा निहित हुनेछ ।
  •     पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार हुनेछ ।
  •     अर्थतन्त्र र राज्यका रहेक क्षेत्रमा विशेष अधिकार सहित समान सहभागिताको ग्यारेन्टि गरिनेछ ।
    

नेपाली कांग्रेस
  •     ·        मुलुकको राष्ट्रिय जीवनको क्षेत्रमा महिलाको ३३% सहभागितालाई सुनिश्चित  गर्नेछ ।
  •     ·        सबै प्रकारको हिंसा र विभेद समाप्त गरिनेछ ।

नेकपा (एमाले)
  •     महिला विरुद्धका सबै विभेद, शोषण र उत्पीडनको अन्त्य गरिनेछ ।
  •     राष्ट्रिय जीवनका सबै क्षेत्रमा कम्तिमा ३३%(प्रतिशत) महिला सहभागिताको हक सुनिश्चित गरिनेछ ।
  •     छोरा सरह छोरीलाई पैतृक सम्पत्तिमा अधिकार हुनेछ ।
  •     शिक्षा र स्वास्थ्यमा महिलालाई विशेष प्राथमिकता दिइनेछ ।
  •     आमा बाबु दुबैको नामबाट नागरिकता र संरक्षकत्व प्राप्त हुने कानूनी व्यवस्था गरिनेछ ।
 मधेशी जनअधिकार फोरम
  • महिला विरुद्ध विभिन्न क्षेत्रहरुमा हुने गरेका विभेद र असमानतालाई अन्त्य गर्ने कानुनी व्यवस्था हुनुपर्दछ ।
  •  सरकारको सबै तहमा र निकायहरुमा भएका र हुने नीति निर्माण गर्ने पदहरु र नेतृत्वमा पुरुष सरह महिलाको समानपहुँच र अवसरको सुनिश्चितता गर्नु पर्दछ ।
  • महिलाहरुलाई पुरुष सरह स्वतन्त्रता र पूर्ण मानवअधिकारको उपयोग गर्ने ग्यारेण्टी राज्यले गर्नु पर्दछ ।
  •  महिलाहरुको सशक्तिकरण गरी उनीहरुबाट राष्ट्रिय जीवनको हरेक क्षेत्र - आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक रराजनीतिक क्षेत्रमा महत्वपूर्ण एवं निर्णयक
  • भूमिका खेल्न सक्ने परिस्थितिको सृजना गरिनुपर्छ ।
  • महिलाहरुलाई पैतृक सम्पत्तिमा समान अधिकार प्रदान गर्नुपर्छ ।
  •  महिलाहरुलाई राष्ट्रिय विधायिका, कार्यपालिका, न्यायपालिकाका सबै क्षेत्र तथा सैनिक, वैदेशिक तथा नागरिक सेवातथा नीजि क्षेत्रमा समेत समानताको आधारमा पुरुष सरह अवसर र अधिकारको संवैधानिक प्रत्याभूति गरिनु पर्दछ ।

ने.क.पा. (माओवादी) ले सीमान्तकृत वर्ग र महिला समानताको चर्को नारा दिए पनि आफ्नो केन्द्रीय कार्यसमितिमा जम्मा ६% (दुई महिला) लाइ मात्र स्थान दिएको छ । जसमा बाहुन र नेवार समुदायबाट एकएकजना परेका छन् । समानताको चर्को नारा लगाइए पनि मधेशी, दलित र जनजाती महिलाको प्रतिनिधित्वलाइ उपेक्षा गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रिय समितिमा महिला ७ जना अर्थात १३% प्रतिनिधित्व छ तर मधेशी र जनजाती महिला एकजना मात्रै छन् ।  त्यहाँ पनि दलित महिलाको प्रतिनिधित्व छैन । 

ने.क.पा. (एमाले) मा ९% (६ जना ) महिलको प्रतिनिधित्व भएकोमा बाहुनबाट ५०% (तीन महिला) नेवारको ३३% (दुई जना) र एकजना जनजाती छन भने मधेशी र दलितको प्रतिनिधित्व छैन । 

मधेशी जन अधिकार फोरम, तराई-मधेस लोकतान्त्रिक दल आदिमा एकजना पनि पहाडीमूलका महिलाको प्रतिनिधित्व छैन । जबकी मधेशमा पहाडी मूलको जनसंख्या ३३% रहेको छ ।

 अन्य राजनीतिक दलमा पनि महिलाको स्थिति अत्यन्त न्यून देखिन्छ । यसरी राजनीतिक दलहरु अहिलेसम्म आफैमा समावेशी र समानुपातिक हुन सकेका छैनन् । आफै असमावेशी र असमानुपातिक दलहरुकाट समानता, समावेशी र समानुपातिक कार्यान्यन हुनु कठिन हुने छ । र्सवप्रथम राजनितिक दलहरु स्वयम समावेशी हुनु जरुरी छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.