के तपाई लाई थाहा छ इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ ?

कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो। डाटा वा इमेल : सबैको जीवनको अहम् हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ। यस्तै ६१ सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ। फोटो-भिडियो : १ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन्। बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन्। १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ । मोबाइलबाट इन्टरनेट: स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग जोडिन्छन्।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.