जीवनमा खुसीको बहार ल्याइदिएकोमा संसारभरको माया मेरो प्रिय दोदीलाई


बेलायतकी राजकुमारी डायनाको मृत्यु भएको एक दशक नागिसक्यो । तर, उनको प्रेम प्रसंगको चर्चा भने कायमै छ । अहिले आएर उनको प्रेमपत्र सबैको चासोको विषय बन्न पुगेको छ । प्रेमी दोदी र उनको कार दुघटनामा भएको मृत्युको पुनः छानबिनको क्रममा उनको प्रेमपत्र फेलापरेका हुन् । 'प्रिय दोदी मेरो जीवन खुसीले भरिदिएकोमा तिमीलाई संसारभरिको माया' प्रेमपत्रमा डायनाले लेखेकी छन् । डायनाकी मिल्ने साथी रोसा मन्कटोनस"ग दोदी र डायनाको प्रेम सम्बन्धको बारेमा अनुसन्धानका क्रममा सोधपुछ गरिएको थियो ।
१३ अगस्ट १९९७ प्रेषित प्रेमपत्रमा त आफूले दिएको उपहारको बारेमा समेत उनले वर्ण्र्ाागरेकी छन् । 'प्रिय दोदी मैले दिएको यो उपहार संसारमा मैले सबैभन्दा बढी माया गर्ने लोग्नेमान्छे मेरो बुबाबाट पाएको हु" ।' 'यो उपहार म तिमीलाई दि"दैछु, उपहार त्रि्रो विशेष र सुरक्ष्ँित हातमा परेकोमा मेरो बुबालाई कति खुसी प्रदान गर्थ्याे होला, धेरै-धेरै माया डायनाबाट ।'
अर्को एक प्रेमपत्रमा दोदीस"ग उनको ह्याचमा बिताएका ६ दिनका लागि धन्यवाद दिएकी छन् । यो पत्र उनले ६ अगस्टमा केङसिङटन दरबारबाट पठाएकी थिइन् । 'तिमीस"ग बिताएका हरेक पलका लागि हृदयदेखि लाखौंलाख धन्यवाद ।' म जस्तो चरीको जीवनमा खुसीको बहार ल्याइदिएकोमा संसारभरको माया मेरो प्रिय दोदीलाई ।' डायना र उनको प्रेमी दोदीको मृत्युको पुनः अनुसन्धान चलिरहेको छ । दोदीस"ग डायनाको प्रेम गहिरो भएको प्रमाणित गर्न प्रेमपत्र र्सार्वजनिक गरिएका हुन् । दोदीका बाबु मोहमदका प्रतिनिधिले माइकल म्यानसफिल्डले अनुसन्धानमा प्रेमपत्र र्सार्वजनिक गरेका हुन् । डायना र दोदीको प्रेम गम्भीर नभएकोे मन्कटोनले अनुसन्धानको क्रममा मंगलबार बताइन् । उनीहरु विवाह गर्न लागेको भन्ने हल्ला पनि निराधार भएको उनले बताइन् । मृत्युको समयमा डायना गर्भवती नभएको पनि मन्कटोनले बताइन् । दोदीस"ग प्रेमसम्बन्ध बढिरह"दा डायनाको चक्कर पर्ूवप्रेमीस"ग पनि चलिरहेको थियो । दोदीस"ग रोमान्समा व्यस्त डायनाले अर्का प्रेमी हस्नत खानस"गको सम्बन्ध पनि सुचारु राखेको मिन्कटोनले बताइन् । दोदी र डायनाका रोमान्सका तस्बिर र्सार्वजनिक भएपछि डायना निराश भएकी थिइन् । हस्नतले आफूलाई पुनः नअपनाउने भए भन्नेमा उनलाई ठूलो अपसोच गरेको मन्कटोनले बताइन् ।
युवराज चार्ल्स पक्ष शत्रु भएको भन्दै दिएको अन्तर्वार्ताको डायनाले सधंै पछुतो मान्ने गर्थिन् । डायना र दोदीको कार दुघटनामा १९९७ मा मृत्यु भएको थियो । कारका चालक हेनरी पावलको पनि दुघटनामा मृत्यु भएको थियो । दुघटना डायना र दोदीको हत्या गर्न योजना भएको आरोप दोदीका पिता मोहमद एल फायदले लगाए । आफ्ना छोरा र डायनाको हत्या गर्ने योजनामा युवराज चार्ल्स संलग्न भएको आरोप मोहमद एल फायदले लगाउदै आएका छन् । दोदी र डायनाको रोमान्स चल्न थालेपछि मैले दोदीलाई छोडिदिए"', दोदीकी पूवप्रेमिका केल्ली फिसरले भनिन् । दोदी र केल्लीको भेट जनवरीमा भएको थियो । दोदीले हतारि"दै पmेब्रुअरीमा नै केल्लीलाई प्रेम प्रस्ताव राखेका थिए । तर, दोदीले केल्लीको प्रेमलाई कुठाराघात गर्दै डायनास"ग लसिएका थिए ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.