कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस्

श्रीमान् अध्यक्षज्यू,
अन्तरिम मन्त्रिपरिषद्, नेपाल सरकार
सिंहदरबार, काठमाडौं

महोदय,
२०४६ सालमा स्वास्थ्यसेवामा प्रवेश गरेयता मैले देशका दुर्गम ठाउँका जनताको सेवामा समर्पित गर्दै आएको हुँ । साथै म सेवामा प्रवेश गर्दा गाउँघरका दीनदुःखी जनताको सेवा गर्ने चिकित्सक औंलामा गन्न सकिने हुन्थे । त्यस मध्येको एक म पनि हुँ, श्रीमान अध्यक्षज्यूलाई यो कुरा पुनः स्मरण गराउन चाहन्छु । मैले सेवा अवधिभरि पुरै दुर्गम ठाउँमा बसेर काम गरिरहें । माओवादी द्वन्द्वग्रस्त जिल्लामा बसेर लगातार १२ वर्ष काम गर्दा पत्तै नपाई मलाई क्यान्सर भएछ । क्यान्सरको औषधी निकै महँंगो छ । सरकारको नियमअनुसार पाउने रकमले दुई महिना पनि औषधी गर्न पुग्दैन । त्यसैले सरकारबाट थप सहयोगको आश गरेको छु ।

यस सन्दर्भमा सिंहदरबारमा बसेर काम गर्ने कर्मचारी र दुर्गममा बसेर सेवा गर्नेलाई एउटै धरातलमा राखेर नहेरियोस् । जीवनभर राष्ट्रको सेवामा खट्ने कर्मचारी बिरामी पर्दा उपचार गर्ने जिम्मेवारी राज्यको हुनुपर्ने होइन र रु स्वास्थ्य मन्त्रालयले उत्कृष्ट सेवा गरेका चिकित्सक भनी घोषणा गरिएका व्यक्तिको उपचार गर्नु राज्यको दायित्व होइन र रु के मैले गरेको सेवाको पुरस्कार यही हो, जबकि म क्यान्सर लागेर उपचार खर्चको अभावमा भौंतारिनुपर्ने रु क्यान्सर रोगको थप उपचारका लागि १० महिनादेखि सरकारसँग आर्थिक सहयोग माग गरिरहेछु । तर पाउन सकेको छैन । त्यसैले यसतर्फ अध्यक्षज्यूको ध्यान पर्छ कि रु भनी यो पत्र कोरेको हुँ ।

यदि राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस् । हैन भने म क्यान्सरको पीडा सहेर बाँच्न सक्दिनँ । अध्यक्षज्यूको जो आज्ञा ।

निवेदक
डा.चित्रप्रसाद शर्मा वाग्ले
नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको
बेडबाट

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.