गरिब र मानवअधिकार – मनु वि.क.
मानव अधिकार भन्नाले मान्छेले जीवनमा
पाउनुपर्ने नैसर्गिक अधिकारलाई बुझिन्छ । मानवअधिकारको कुरा भ्रुण
अवस्थादेखि नै शुरू हुन्छ । जब आमाको गर्भमा भू्रणको उपस्थिति हून्छ अनि
उसको मानवअधिकारको कुरा शुरू भइहाल्छ । आमा र भ्रुणको मानव अधिकार उत्तिकै
महत्वपूर्ण मानिन्छ । भ्रुण विकास हुँदै जाँदा उसको स्वस्थ विकासको लागि
आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । गर्भमा रहेको शिशुलाई मध्यनजर गरी उसको
विकासका लागि पाउनुपर्ने स्याहार सुरक्षा औषधि उपचार, भिटामिनहरू, विभिन्न
रोगप्रतिरोधात्मक औषधिहरू पाउनुपर्छ । त्यो भ्रुणको मानव अधिकार नै हो
भन्दा पनि शायद फरक नपर्ला ।
बच्चाले
गर्भमा राम्रोसँग विकास हुन पायो, उसले पाउनुपर्ने सबै स्याहार, सुरक्षा
पायो माया ममता पायो, जन्मने अवधिमा दक्ष चिकित्किसको निगरानीमा जन्मन
पायो, भनेनै शिशुको स्वस्थ जन्म हुन सक्छ । आमाले आफ्नो शिशुलाई सबै
वातावरण राम्रो भएर औषधि उपचार पाएर बच्चा जन्माउनु पाउनु नै आमा र बच्चा
दुवैको मानवअधिकार हो । त्यस्तै यस धर्तीमा जन्म लिइसकेपछि उचित स्याहार
सुरक्षा, माया ममता, पोषण सबै पाउनु बच्चाको मानवअधिकारको विषय हो । बच्चा
जब हुर्कंदै जान्छ, उसको सीमितता फराकिलो बन्दै जान्छ । उसले शिक्षा,
स्वास्थ्य, मनोरञ्जन खाना नाना, छाना पाउनु, आवश्यकता र इच्छा अनुसारको
पेशा व्यवसाय छान्न पाउनु, हिंडडुल गर्न पाउनु, आफना अभिव्यक्ति राख्न
पाउनु, यी सबै कुरा मानव अधिकारभित्र पर्ने कुरा हो । मानव अधिकारको
संरक्षण गर्ने निकाय वर्तमान व्यवस्थामा राज्य, विभिन्न सन्धि अभिसन्धिहरू
हुन् । मानवले मानव भइसकेपछि समान रूपमा अधिकारहरूको उपभोग गर्न पाउनु मानव
अधिकार हो । के मानव अधिकार वर्तमान अवस्थामा सबैले समान तरिकाले उपभोग
गर्न पाइरहेका छन त ? यसको सीधा उत्तर छ छैनन् । जो सँग पर्याप्त धन
सम्पत्ति छ, पहुँच छ, जसको आवाज सुन्ने मान्छेहरू छन् तीनले नै मानव
अधिकारको निर्वाध उपभोग गर्न पाइरहेको छन् । जो सँग पैसा छैन, जो सँग पहुँच
छैन । उत्पादनका साधनमा जसको स्वामित्व छैन तिनीहरूको मानवअधिकारको कुरा
केवल कुरामा मात्रै वा नारामा मात्रै सीमित छ ।
अहिले
मानव अधिकारको कुरा संसारैभरी जोड जोडले उठिरहेको छ । मानवअधिकारको लागि
भनेर राज्य तथा गैर सरकारी निकायहरू मानव अधिकारवादी संघसंस्थाहरू, संयुक्त
राष्ट्रसंघ आदि क्रियाशील छन् । तर पनि ती सबै धनीहरूका अधिकार संरक्षणको
लागि मात्रै हुन् कि जस्तै छ । किनकि मानवअधिकारको विषय पनि किनबेचको विषय
बनेका छन् । जोसँग धन छ उसले खान पाइरहेको छ, स्वास्थ्य उपचार, शिक्षा
मनोरञ्जन रोजगारी, हिंड्डुल गर्न पाइरहेको छ । किन्न सक्ने क्षमता छैन
उनीहरू केवल हेरेर, रोएर बस्नुपर्ने अवस्था छ । अहिले पनि सडक पेटीपेटीमा
उपचार गर्न पैसा नभएर आँसु पोखिरहेका मान्छेको कमी छैन, उपचार गर्न सक्ने
क्ष्ँमता नभएर अस्पतालमै आउन नसक्ने मान्छे बढ्दै गए । जोसँग पैसा छ उसको
लागि मात्रै स्वास्थ्य उपचार व्यवस्था हुन सक्छ । तर गरिबहरू औषधि उपचार
नपाएर छट्पटाइरहेका हुन्छन्, उनीहरू उपचार गर्न मन नलागेर, रोग पालेर बसौं
भनेर उपचार नगराएका होइनन् उनीहरूसँग रकम अभावमा उपचार नपाएका हुन् । सबैको
लागि समान स्वास्थ्यका कुराहरू भन्नेको कमी छैन तर जो गरबि छन् उपचार
गर्ने पैसा छैन उसको लागि स्वास्थ्य उपचारको अधिकार छैन । पसलमा औषधिहरू
थुप्रिएका हुन्छन् । वर्षौसम्म भन्डारण गर्ने ठाउँ नभएर त्यसै फालिएका पनि
हुन्छन् । वर्षौं राख्दा राख्दा उपयोग गर्ने मिति सकिएर त्यतिकै
फयाँकिन्छन् औषधिहरू एकापट्टि भने अर्कोपट्टी गरिबहरू त्यो औषधिहरू किन्न
नसकेर रोगले थलिन्छन्, सिकिस्त हुन्छन् । उपाय एउटा मात्रै हुन्छ प्राण
त्याग गर्नु, तर उपचार पाउँदैनन्, औषधिहरू धनीका महलमा सजिएका हुन्छन् डेट
एक्पायर पारेपछि फ्याँकिन्छन् । कस्तो क्रुरता छ मानवभित्र, वर्तमान
व्यवस्था भित्र ? पैसा छन् मानवअधिकार छ, पैसा छैन, त मानव अधिकार छैन
भन्नाले गरिबहरूको लागि मानव अधिकार छैन । समानताको हिसाबले त मानवताको
हिसाबले त जसले पनि अधिकार पाउनुपर्ने हो तर यहाँ त्यस्तो छैन ।
एउटा
गरिब महिला जो दुई जिउकी छन्, सकिनसकि अस्पतालसम्म पुगिन, नियमित जाँचका
क्रममा । चिकित्सकले सल्लाह दिन्छन् , तपाईँ र तपाईँको बच्चाको लागि तपाईले
पर्याप्त मात्रामा मासु, फलफूल, पौष्टिक आहार खानुपर्छ, स्वयं उनलाई पनि
थाहा हुन सक्छ, तर भनेर सुनेर के गर्नु ? जोसँग आफ्नो जमिनमा उपलब्ध छैन ।
उसले जानेर पनि खान पाउने कुरा भएन । या त पैसा हुनु प¥यो तर पैसा छैन भने
त उसँग उसले किन्न सक्ने कुरा भएन । अनि आमा र बच्चाको मानवअधिकार के भयो ?
य ता पसलमा भन्डारण गर्दागर्दा कुहिएर खाने कुराहरू फ्याँकिन्छन् उता
गरिबहरू खान पाउनुपर्ने आधारभूत आवश्यकतासम्म पूर्ति गर्न नसकेर
छट्पटाइरहेका हुन्छन् । पसलमा कम्पनीमा लुगाहरू थुप्रिएका हुन्छन्
नलगाउनुपर्ने निर्जिव कुराहरूले लुगा लगाई रहेका हुन्छन्, लुगाहरू भन्डारण
गर्दागर्दै भक्किएका हुन्छन् तर गरिबहरूको एक आङ पनि राम्रोसँग ढाकिएको
हुँदैन । गरिबका छोराछोरीहरू नांगै हुर्कन बाध्य छन् । यहाँ हरेक कुराहरू
किनबेचका बस्तु छन् । किनबेचका यी वस्तुहरू केवल जोसँग पैसा छ उसका लागि
मात्रै । बनेका छन् निश्चित मान्छेका मुठ्ठीमा कैद छ मान्छेका हरेक अधिकार
शिक्षा, स्वास्थ्य, खान पाउन बाँच्न पाउनु बस्न पाउने कुराहरू भनेका
मान्छेका आधारभूत कुराहरू हुन् । अन्य अधिकारका कुरा त यी माथिका कुराहरू
पूरा भइसकेपछि चाहिने कुरा हुन् यिनै कुराहरू मान्छेले नपाएर छट्पटाउनु
परेको छ । अनि आवश्यकताअनुसार सेवा गर्न पाउनु उसको अधिकारको कुरा हो । तर
शिक्षा जो सँग पैसा छ उसैका लागि छ । पैसा छैन शिक्षा छैन, सरकारी शैक्षिक
संस्थाहरूलाई चुनौती दिने नीजि शिक्षण संस्थाहरू त्यही बोलिरहेका छन् “जो
सँग पैसा छ उसलाई स्वागत छ ।” यस्ता शैक्षिक संस्थाले हरेक गरिबहरूका मुटु
खाईरहेकी छन् । मान्छेले पाउनुपर्ने न्याय पनि जोसँग पैसा छ उसैका लागि छ ।
पैसा छैन न्याय छैन भन्दा हुन्छ । कुनै घटनामा उजुरी दिनुप¥यो भने उजुरी
दिनुभन्दा पहिला पीडितको गाँठ कति छ भनेर छाम्छन् । न्यायमूर्तिहरू अनि
समानता, समान मानवअधिकार कहाँ रहन्छ ?
अहिले
गरिब जनता तरकारी किन्न नसकेर, चामल, नुन, तेल, किन्न नसकेर छट्पटाउने
भएका छन् । अब किन्न नसक्नेले एक पेट खान पाउँछ कि पाउँदैन ? उता खाद्य
स्टोरहरूमा खाद्यान्न सड्नु सामान्य मानिन्छ । हरेक खाद्यान्न पैसावालको
हातमा कैद हुन्छ । यस्ता घटनाले के जनाउँछ । यी सबै कुराले मानवअधिकारका
जतिसुकै कुरा गरेपनि अहिलेको धनी र गरिबको असमानता रहेको व्यवस्थामा
मानवअधिकार पनि धनी र गरिबलाई फरकफरक छन् । धनीहरूको मानवअधिकार छ, गरिबको
छैन । जसरी मानव अधिकार सबैमा बराबर भनेर फुकिन्छ तर व्यवहारमा छैन । जब
धनी र गरिबलाई व्यवहारमै समानता पाउन समाजवादी सत्ता प्राप्त गर्न सकिन्छ
अनि मात्रै पूर्ण मानवअधिकार प्राप्त हुन सक्छ । नत्र यो पुंजीवादी
व्यवस्थामा गरिबलाई मानव अधिकार “हात्ती आयो हात्ती आयो फुस्सा” मात्रै हो ।
source:- hankweekly
0 comments
Write Down Your Responses