यात्रुलाई ओलर्ने समय नदिई बसमा आगो लगाउनेलाई चै के सामन्ती सीन्डिकेट भन्न मिल्दैन र ?

घटना न १ .
त्यहि बाटो भएर यात्रा गर्दा मैले देखेको यो बिभात्श घटना २०५८ माघको हो । एमाओवादी कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको बसलाई चितवनको भण्डारामा रोकेर आगो लगाएका थिए। त्यस घटनामा आठ वर्षीय बालिका काजोल खातुनको जलेर मृत्यु भएको थियो।
घटना न २ .
एमाओवादीले द्वन्द्वकालमा २०६२ जेठ २४ गते चितवनको माडीस्थित बाँदरमुडेमा ना२ख ३२४५ नम्बरको यात्रु बसमा बम विस्फोट गराई ३८ जना यात्रुको ज्यान लिएका थिए। उक्त घटनामा ७० जना यात्रु घाइते भएका थिए।संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानलगायत सम्पूर्ण विश्वले उक्त घटनालाई लिएर माओवादीको निन्दा गरेको थियो। तत्कालीन
विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्यसपछि माफी माग्दै विज्ञप्‍ति जारी गरेका थिए र उनले त्यसयता पनि पटकपटक उक्त घटनाप्रति पछुतो व्यक्त गरिरहने गर्छन्।
घटना न ३.
नेकपा माओवादी नेतृत्वको मोर्चाले काभ्रेको धुलिखेलमा भदौ ३०मा  काठमाडौंबाट यात्रु लिएर मेलम्चीतर्फ जाँदै गरेको बा२ख ५६७२ नम्बरको बसबाट यात्रुसमेतलाई ओलर्ने समय नदिई माओवादी कार्यकर्ताले आगो लगाउँदा बसभित्र रहेका २० जनाभन्दा बढी यात्रुले ढोका र झ्यालबाट हाम फालेर ज्यान जोगाउँ छन् । शान्ति प्रकृयामा गैसकेको बेला यस्ता हिंस्रक र मानवताविरोधी कार्य आफ्ना कार्यकर्ता बाट भएको प्रति नेतृत्वपंति ले माफी माग्दै विज्ञप्‍ति निकाल्नु सट्टा आगो लगाउनेलाई छोड्न दबाब दिइरहेको छ  ।

आफ्नो राजनीति अभिष्ठा पूरा गर्नका लागि अनेकौ किसिमको आन्दोलनको नाममा अवरोध गरि सर्वसाधारणको सम्पति र सुरक्षा माथि नै प्रश्न चिन्ह उठाउने कार्य, घटना घटाउने नेताकै मुखर बिन्दु बाट घटनाप्रति पछुतो व्यक्त हुने  शब्द र अर्थको बीचमा अल्मलिनु पनि हामी नेपाली लाई रमाइलै हुन्छ ... हिजो एउटै माओबादी हुदा राजतन्त्रको जरो उखेलियो , सामन्ती सत्ताको जरो उखेल्यो भन्ने बैध बा ले आज देश ४ दलको सामन्ती सिन्डिकेटमा भएको पाएछन् ! सामन्ती सिन्डिकेट शब्दको अर्थ हेरौ ....

  • सामन्ती भन्या साधारणतय  बलियाले निर्धा माथि अन्याय र अत्याचार गर्नु, निर्धाको जाय जेथा चल अचल सम्पति बिना कारण हडप्नु हो ।
  • सिन्डिकेट भन्या कुनै एकले आफ्ना हक अधिकारका नाममा उपभोक्ता {तपाईहरुको भाषामा जनता लाई } शोषण गर्ने सबै किसिमका व्यापारिक {राजनीतिक }गठबन्धन हो
काठमाडौंबाट यात्रु लिएर मेलम्चीतर्फ जाँदै गरेको बा२ख ५६७२ नम्बरको बसबाट यात्रुसमेतलाई ओलर्ने समय नदिई उनीहरूले आगो लगाउनु  पनि एक किसिमको सिन्डिकेट हैन र ? तपाईहरुको  यस्तो सीन्डिकेट लाई चै के सामन्ती  भन्न मिल्दैन र ? सामन्ती संस्कारलाई लोकतान्त्रिक संस्कारले सुसंस्कृत गर्न सकिएन भने जे सुकै वादको वकालत गरे पनि अर्थ हिन हुन्छ  !राजनीति पार्टी र नेतृत्वले स्पष्ट नीति र कार्यक्रम लिएर अघि बढेको पार्टीमात्र जनताको पार्टी हुन्छ, त्यसैलाई जनताको शक्ति भनेर विश्वास गर्दछन्,। पार्टीलाई सुद्धीकरण गर्दै सुदृढ गर्ने काममा लागिरहनु र क्रियाशीलतामा आफैंले आफ्नो जाँच गर्ने प्रविधिको विकास गर्नुपर्ने हुन्छ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.