राजधानीका सार्वजनिक स्थलहरू नै सुरक्षित छैनन्

डिल्ली आचार्य/मधुजंग पाण्डे :: बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमानको पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । हालै मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी विवाह समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए । योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन) हुनेवाला श्रीमान् डा। रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन् ।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।
हुनेवाला श्रीमान्को पर्खाइमा एकोहोरो सोच बनाएर बसिरहेका बेला सिंहले आफ्नो यौनकुण्ठा मात्र मेटाएनन्, उत्तेजित बन्दै स्खलित भएपछि युवतीको शरीरभरि आफ्नो वीर्य नै छर्किदिए । भावी श्रीमान् आइनपुग्दै सिंहको यौन उत्तेजनाको सिकार भएकी रमिताको छातीलगायत शरीरको अग्रभाग सिंहको वीर्यबाट पूर्ण रूपमा भिज्न पुग्यो । रमिताका दिन बलिया थिए या युवामा अपराध भावना बढ्न नपाएर हो, उनी मध्य दिउँसो बलात्कारबाट भने जोगिन सफल भइन् । पछाडि लुकेर बसेका सिंहले आवेगमा आएर स्वयंमा यौन चाहना मेटाएपछि आफ्नो यौन अंगबाट निस्किएको वीर्य रमिताको शरीरमा छर्के । सोच्नै नसकेको घटना भएपछि पीडित डाक्टर जोडीले नजिकै रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जमा खबर गरे ।
खबरलगत्तै आएको प्रहरी टोलीले सिंहलार्ई तत्काल पक्राउ गरी कार्यालय पु¥यायो । हुनेवाला श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै रामप्रसादले तत्काल उजुरी लेखाए । तर, उजुरीपछि भने प्रहरीलाई निकै फसाद प¥यो । प्रहरीको नजरमा अहिलेसम्म फेला नपरेको प्रकृतिको अपराधका दोषी भेटिएपछि के मुद्दा लगाउने भन्ने अन्योलमा प्रहरीले निकै समय गुजार्नुप¥यो । ‘अपराधीलाई पक्राउ गरेर त ल्याइयो, तर नौलो प्रकृतिको र पहिलो पटक यस्तो केस आएकाले के मुद्दा लगाउने भन्ने अन्योल भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएस्पी) जीवनकुमार श्रेष्ठले राजधानीसँग भने । मुद्दा लगाउन प्रहरीले कानुनका ठेली पल्टायो । आपसमा सल्लाह भयो ।
तर, के मुद्दा लगाउने भन्ने अन्योल हट्न सकेन । अन्योल बढेपछि सरकारी वकिलको रायमा सिंहलाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा चलाउने निर्णय लियो । लगत्तै यौनकुण्ठित सिंहलाई काठमाडौं जिल्ला अदालत लगेर अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति लियो । अनुमति लिन जानुअघि समेत प्रहरीलाई निकै असजिलो भएको थियो । थुनामा राख्ने अनुमति लिन जाँदा घटना विवरण कसरी सुनाउने भन्ने संकोचका कारण केही प्रहरीले त अदालतसम्म जानसमेत आनाकानी गरेका थिए । तर, अनुमति लिनैपर्ने बाध्यताका कारण अदालतमा घटना विवरण सुनाएर म्याद लिएको प्रभागका प्रहरीहरू बताउँछन् । यौन उत्तेजना मेट्न सप्तरी निवासी सिंहले गरेको यो हदसम्मको व्यवहारलाई घटनास्थल पुगेर नियालेका प्रहरी अधिकारीहरूले भने जीवनकै नौलो भएको प्रतिक्रिया दिए ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘सिंहको हर्कत कुनै अश्लील चलचित्रको दृश्यभन्दा कम थिएन, हामीलाई पनि भन्न सक्ने आँट थिएन, सबै एकअर्काको मुख हेरेर बस्नुप¥यो ।’ यो घटनाले नेपालमा अपराधको नयाँ प्रकृति र तरिकाको रहस्योद्घाटन मात्र गरेको छैन, नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर चिन्तासमेत थपेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । यो नौलो घटना सार्वजनिक भएसँगै राजधानीका सार्वजनिक स्थलहरू नै सुरक्षित छैनन् भन्ने संकेत गरेको छ । यो घटनाले उपत्यकामा बढ्दो महिला हिंसा र यौनकुण्ठा कुन रूपमा विकसित हुँदैछ भन्ने सन्देश पनि दिएको छ ।
SOURCE:nepal24hours

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.