हरेक मानवमा क्यान्सरका कोष विद्यमान हुन्छ


Add caption
भुटेको मासु, पोलेको सेकुवा र तारेको तरकारी बढी खानेलाई क्यान्सर हुन सक्छ !हाम्रै वरिपरि दिनदिनै देखिरहेका छौं, क्यान्सर लागेको व्यक्ति घरजग्गा बेचेर सकिनसकी २०/३० लाखसम्म खर्च गर्छन्, अन्तत्तोगत्वा यसैका कारण परलोकको यात्रा गर्न विवश हुन्छन् । क्यान्सरकै कारण मर्नेको संख्या दिनानुदिन बढिरहेको छ । किन यसो हुन्छ ? के हो त क्यान्सर ? के यसको साँच्चै औषधि छैन ?

नेपालजस्तो अति गरिब मुलुकमा मात्र होइन, संसारका साधनस्रोतको एकलौटी आधिपत्य जमाउने मुलुक अमेरिकामा पनि क्यान्सरबाट हुने मृत्युले दोस्रो स्थान ओगटेको छ । सन् २००१ मा ५,५३,४०० अमेरिकीको क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ र हरेक ४ अमेरिकीमध्ये एकको मत्यु क्यान्सरबाटै हुन्छ ।
के हो क्यान्सर ?हरेक मानवमा क्यान्सरका कोष विद्यमान हुन्छन् । आवश्यक खानपान र वातावरण पाएमा मात्र ती कोष वृद्धि हुन्छन् । मानव कोषको बाहिरी भाग पातलो झिल्ली बनोटको हुन्छ । प्रतिकूल अवसरमा त्यो झिल्ली सजिलै नष्ट हुन्छ, कोषभित्रको तरल पदार्थ शरीरमा मिसिन जान्छ । यसरी स्वस्थ्य कोषको अवसान हुँदा शरीरको गणितले त्यस ठाउँमा अर्को नयाँ कोष पैदा गर्नुपर्ने आवश्यकतालाई पूर्ति गर्ने आदेश दिन्छ र नयाँ स्वस्थ्य कोष बन्छ । कुनै व्यक्तिमा कोषको अप्रत्यासित क्षय हुने क्रममा ज्यादै वृद्धि भयो भने शारीरिक गणितको लेखाजोखामा सन्तुलन गुम्न सक्छ र धेरै कोष पैदा हुन्छन् । शरीरमा विद्यमान कोषभन्दा निकै धेरै कोष पैदा भए भने त्यो ठाउँको वृद्धि असाधारण देखिन्छ । ती असाधारण रूपमा बढेका कोषको कुनै निर्धारित कार्य हुँदैन यही असाधारण वृद्धिलाई ट्युमर भनिन्छ । पछि त्यही ट्युमर क्यान्सरको रूपमा रूपान्तरित हुन्छन् ।


अस्वाभाविक वृद्धिका कारण ?ट्युमर कोषको विकासका अवस्था अनगिन्ती कारणले हुन सक्छ । विज्ञानले यसको कारण आजसम्म परिभाषित गर्न सकेको छैन । क्यान्सरका कोषिकाको वृद्धि भएकाले तिनै कारणलाई नै पूर्वसावधानीका लागि सचेतसमेत गराइएका छन् । निम्न कारणले मान्छेमा क्यान्सरको लक्षण देखिन सक्छ ।

* भुटेको मासु, डढाएको सेकुवा, तारेका चिजबिज आदिको सेवन गर्दा ।
निरन्तर उच्च तापक्रममा तातिरहेको तैलीय पदार्थमा पकाएका, तारेका चिजवल्स, चिप्सलगायतका खाद्य पदार्थको सेवन गर्दा ।
* अत्यधिक एन्टिअक्सिडन्टसयुक्त खाना खाने गर्दा ।
* उच्च तापक्रमयुक्त स्थानमा निर्वस्त्र लामो समय बस्दा ।
* लामो समयसम्म वा पटकपटक एक्स-रे, गामा-रे, युमिरे, आईआररेलगायतका अदृश्य किरणसँगको सम्पर्कबाट ।
* ढुसी आएका मकै, बदामजस्ता वस्तुको सेवन गर्दा 'अफ्ला टक्सिन'जस्ता विषालु तत्त्वबाट ।
* डिडिटीजस्ता बोटबिरुवामा प्रयोग गरिएका विषादीको अवशेष रहेका पदार्थको सेवन गर्दा ।
* अनियमित मांसमदिराको अत्यधिक सेवनका साथै अत्यधिक यौनक्रीडा, अप्राकृतिक यौनक्रीडाका कारण ।
* स्तनपान नगराउने महिलामा पनि यो रोग देखिने ।

उपचार पद्धति ?
आधुनिक उपचार पद्धतिले क्यान्सरको उपचारका लागि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हार्मोन थेरापी र इम्युनोथेरापीको विकास गरेको छ ।

आधुनिक चिकित्सा पद्धतिले परिभाषित गरेका पद्धतिमध्ये हार्मोनथेरापी र इम्युनोथेरापी हाल त्यति प्रचलनमा आइसकेका छैनन् ।

केमोथेरापीमा ती अस्वाभाविक वृद्धि भएका कोषहरू -तन्तुहरू) लाई मार्न विशेष किसिमको रासायनिक पदार्थ शरीरमा पठाइन्छ । यसरी पठाइएको रसायनले मानव शरीरका कोषलाई अक्सिडाइज गरी नष्ट गर्ने पद्धतिमा आधारित छ । केमोथेरापीमा प्रयुक्त रासायनले ती निर्दिष्ट तन्तुमात्र नभई अन्य तन्तुसमेत नष्ट गर्ने गर्छ । केमोथेरापीको असर निकै पछिसम्म रहन्छ ।

शरीरको बाहिरी अंगमा विकसित क्यान्सरलाई उपचार गर्न रेडियोथेरापी पद्धतिद्वारा उपचार गर्ने गरिन्छ । यसमा अदृश्य किरणको प्रयोगद्वारा अस्वाभाविक वृद्धि भएका तन्तुलाई नष्ट गर्ने गरिन्छ । यसरी रेडियोथेरापी पद्धति प्रयोग गर्दा अक्सिडेसन प्रक्रियाद्वारा कोष नष्ट गरिने भएकाले यो उपचार पद्धति पनि हानिरहित छैन । क्यान्सरयुक्त तन्तुलाई शल्यक्रियाद्वारा काटेर फाल्ने क्रियालाई शल्यक्रिया पद्धति भनिन्छ । शल्यक्रिया गरेर फालेको स्थानमा क्यान्सरका कोषको अवशेष रहन सक्ने भएकाले केमोथेरापीको प्रयोग पनि आवश्यक ठहरिन सक्छ ।

वैकल्पिक उपचारक्यान्सरका उपचारका लागि युनानी होमियोपेथिक, आयुर्वेदिकजस्ता स्थापित उपचार पद्धति पनि अपनाउन सकिन्छ । पोषणद्वारा उपचार गर्ने पद्धति अमेरिका, बेलायत, जापानजस्ता विकसित मुलुकबाट सुरु भइसकेको छ ।

मिश्रति उपचारआयुर्वेदिक उपचार पद्धतिसँग पोषण उपचार पद्धतिको सम्मिश्रण गरी दुवैका सकारात्मक पक्षहरूलाई जोडी उपचार गर्दा अचुक प्रमाणित भएको छ । खानपानमा सन्तुलन ल्याउन सक्ने, ब्रह्मचर्यमा बस्न सक्ने र निर्दिष्ट समयसम्म केमोथेरापी, रेडियोथेरापी नगरी कुर्न सक्ने बिरामी सबैको समूल उपचार शतप्रतिशत सफल प्रमाणित भएको छ ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.