मानिसको सपनाको भिडियो रेकडिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्नसकिने

निदाएको बेलामा देखेको सपनाको दृश्य व्युँझिएपछि सबै शुन्य हुन्छ । सपनामा एकपटक देखिएको दृश्य ब्युँझिएपछि चाहेर पनि त्यो फेरि देख्न वा साँच्चिकै जीवनमा आँखाले हेर्न असम्भव नै हुन्छ । तर अब भने निदाएको बेलामा देखेको सपना आफ्नै आँखाले हेर्नपाइने भएको छ । जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्तवमा
मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलाप लाई युएसबी,  क्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र उ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्ने गरी उसको मस्तिष्कका क्रियाकलाप तथा उसले देखिरहेको सपना रेकर्ड गरिनेछ । वैज्ञानिकका अनुसार सुतेको मानिसको मस्तिष्कको अध्ययन गरी उसले सपना देखिरहेको कुरा छुटाउन सफल भइसकिएको छ र अब सपनालाई रेकर्ड गर्ने प्रयास भैरहेको छ । ता की त्यसरी रेकर्ड गरिएका सपनालाई पछि कम्प्यूटर वा टेलिभिजनको पर्दामा मज्जाले हेर्न सकियोस् ।
    जापानी वैज्ञानिकहरुले निद्राको भिडियो रेकर्ड गर्न यो अध्ययनका लागि तीनजना पुरुषलाई निम्त्याए । जब ती तीन जना व्यक्तिहरु आरामले सुते तब उनीहरुको अवचेतन मनलाई एक विशेष उपकरणसंग जोडियो । उक्त उपकरणले मस्तिष्कको गतिविधिमा निगरानी राख्छ । त्यसक्रममा जब ती पुरुषहरु गहिरो निद्रामा पुगे तब उनीहरुको मस्तिष्कको गतिविधि निकै तीब्र भएको पाइयो । केही समयपछि ती तीन जनालाई उठाएर के सपना देख्यौ ? भनेर सोधियो । उनीहरुको भनाई अनुसार देखेका सपनाका कहानीलाई समेत रेकर्ड गरियो र त्यो संगै अवचेतन मनका गतिविधिलाई समेत संगै मिलाएर देखाइयो । वैज्ञानिकहरुका अनुसार अवचेतन मनका गतिविधि तथा सपनाको कहानीलाई समायोजन गरी सुहाउँदा दृश्यसहितको सजिव फिल्म तयार पार्ने कम्प्यूटर प्रोग्रामको विकाश गरेसंगै मानिसको सपनाको भिडियो रेकडिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्नसकिने वैज्ञानिकहरुको दाबी छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.