गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल कपाल


तपाईले धेरैजसो मानिसले कसैको कपाललाई चराको घर भनेको त सुन्नु भएको होला । तर अफ्रिकाकी एविन दुगासको कपाल यस्तो छ कि जुन चराको घर मात्र नभई पुरा चिडियाखाना नै जस्तो छ । एविनको कपाल धुन र सुक्न पनि दुई दिन लाग्ने गर्छ ।
यति मात्र नभई उनको एक पटकमा पाँच बोतल कंडीश्नर पनि खर्च हुन्छ । वाई नाइजा डट कम अनुसार ल्यूसियानामा रहने ३७ वर्षीय एविनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम पनि दर्ता गराएकि छिन् । एविनको कपाल चार फुट चार इन्च बाक्लो छ ।एविनको अनुसार उनको आफ्नो कपालसंग निकै माया भएको पनि बताएकि छिन् । साथै उनको कपाललाई सिधा गरिने हो भने घोडा सम्म आउँछ, तर एविनलाई यस्तो कर्ली कपाल नै प्यारो भएको पनि बताइएको छ ।
 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.