राम्रा राम्रा तरुनीको साँप्रामा बिज्ञापन


जापानको एउटा कम्पनिले आफ्नो पब्लिशिटीको लागी युवतीको साँप्रा देखेछ । जापानको पिआर कम्पनि एब्सोल्युट टेरीटरीले ल्याएको तरिका अहिले त्यहाँ निकै चर्चा र प्रयोगमा छ ।
सो कम्पनिले राम्रा राम्रा तरुनीको साँप्रामा बिज्ञापन लेखाउन थालेको हो । खास कुरो चैँ के रैछ भने, पुरुषको भन्दा तरुनीको साँप्रामा धेरैको नजर पर्ने भएकाले यस्तो फरमुला ल्याईएको रहेछ । अहिले यस कम्पनिको आधिकारिक फेसबुक पेजमा १३ सय युवतीले आफ्नो साँप्रा बिज्ञापनका लागी दिन तयार रहेको भन्दै आबेदन दिएका छन ।

तर यसरी आबेदन दिदैँमा सो कम्पनिले बिज्ञापन भने दिँदैन । त्यसका लागी तरुनीहरुले आफ्नो साँप्राको फोटो खिचेर रजिस्टर गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र तरुनीको साँप्रामा बिज्ञापनको स्टीकर टासिन्छ । बिज्ञापन स्टीकर टाँसेको ८ घण्टा सम्म युवतीले त्यसलाई मेटाउन पाउने छैनन् । तर कम्पनिले बिज्ञापन बापत दिने रकम भने खुलाएको छैन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.